कोरोना अपडेट : विश्वमा १ करोड ५३ लाखभन्दा बढी संक्रमित, ६ लाख २९ हजारको ज्यान गयो

काठमाडौं । विश्वभर १ करोड ५३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो विवरण अनुसार विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५३ लाख ६३ हजार ८४३ पुगेको हो ।

वर्ल्डोमिटर्सका अनुसार बुक्रबार एकैदिन २ लाख ७८ हजार ६२५ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ७ हजार १०७ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ लाख २९ हजार ७८८ पुगेको छ । आज बिहानसम्म संक्रमणमुक्त हुनेको संख्या ९३ लाख ४० हजार ९२७ पुगेको छ ।

गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार दुई सय ९३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । त्यसैगरी अमेरिकामा एक हजार दुई सय ११ र भारतमा एक हजार एक सय २० जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ७१ हजार चार सय ७० जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ब्राजिलमा ६५ हजार तीन सय ३९, भारतमा ४५ हजार पाँच सय ९९, दक्षिण अफ्रिकामा १३ हजार भन्दा धेरै, मेक्सिकोमा झण्डै सात हजार, रुस र अर्जेन्टिनामा पाँचपाँच हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस