डब्ल्यूएचओले भन्यो- ‘२०२१ अघि कोरोनाको भ्याक्सिन बन्ने आशा छैन’

काठमाडौं । विश्वका विभिन्न देशमा कोरोना भाइरसविरुद्ध निर्माण भएका खोपको सफल परीक्षणले विश्व समुदायमा एक प्रकारको आशा जगाईरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने सन् २०२१ अघि भ्याक्सिन बन्ने कुनै आशा नभएको बताएको छ ।

विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘यदि अनुसन्धानकर्ताले भ्याक्सिन बनाउन सफल भए पनि अर्को वर्षको शुरुवाती अघि आशा गर्न सकिँदैन ।’ डब्ल्यूएचओका कार्यकारी निर्देशक माइक रेयानले भ्याक्सिन बन्न थोरै अबेर भए पनि सुरक्षा मानकमा कुनै कमी हुन नहुने बताएका छन् ।

संसारभरी कोरोना भाइरसका हालसम्म १ करोड ५३ लाख ६३ हजार ८४३ संक्रमित भेटिएका छन् । वर्ल्डओमिटरका अनुसार यीमध्ये  ९३ लाख ४० हजार ९२७ ठिक भइसकेका छन् भने ६ लाख २९ हजार ७८८ को मृत्यु भइसकेको छ ।

यसैबीच ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । यद्यपि, उनको स्थिति अहिले सुधारोन्मुख रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री