Tag Archives: mainnews

धरानमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

सुनसरी । धरानमा आइतबार थप ९ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित पुष्टि भएकाहरु धरान औद्योगिक क्षेत्रको उद्योगमा कार्यरत ५ जना र एन्फा क्वारेनटाइन बसेका ४ जना रहेका छन् । साउन १४ गते भारतको मणिपुरबाट आएर धरान १७ एन्फा क्वारेनटाइनमा बसेका थिए । उनीहरुको साउन १५ गते ५० जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा थप ९  जनामा कोरोना पोजिटिभ देखिएको हो ।उनीहरु सबैको घर धरान नै बताइएको छ ।

पुरा पढ्नुहॊस »

पर्सामा फेरि थपिए ४५ संक्रमित, संक्रमितको संख्या ५ सय नाघ्यो

काठमाडौं । पर्सामा थप ४५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा १४ महिला र ३१ पुरुष गरी थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका दुई जनामा पनि कोरोना देखिएको छ । नयाँ संक्रमितहरु ५ वर्षदेखि ६२ वर्ष उमेर समूहका रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले जानकारी दिए । उनका अनुसार नयाँ संक्रमितमध्ये अधिकांश …

पुरा पढ्नुहॊस »

विश्वभर १ करोड १३ लाखभन्दा धेरैले जिते कोरोना, कति पुगे मृतक र संक्रमित ?

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १ करोड लाख १३ लाख हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर १ करोड १३ लाख १८ हजार ८ सय ५२ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी …

पुरा पढ्नुहॊस »

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं । अहिले देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेशका, प्रदेश ५ र सुदूर पश्चिम प्रदेशका केही स्थानहरु बर्षा भइरहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको वर्षा भएको हो । आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तो छ तीन …

पुरा पढ्नुहॊस »

कोरोना संक्रमण बढिरहे नयाँ निर्णय लिने तयारी

काठमाडौं । लकडाउन खुलेसँगै मुलुकमा कोरोना भाइरसको संक्रमण बढेकाले नयाँ निर्णय लिनेबारे तयारी थालिएको छ । संक्रमण नघटे नयाँ निर्णय लिनुपर्ने अनुमान गरेर कोभिड९१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्देशक समितिले छलफल थालेको हो । समितिले बिहीबार परीक्षणलाई अझ बढाएर परिस्थिति मूल्यांकन गर्ने विषयमा छलफल गर्यो । साउन ६ गते लकडाउन सकिएको घोषणा गर्दा मुलुकमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० थियो । तर पछिल्ला १० दिनमा १९ जनाको मृत्यु भइसकेको छ । …

पुरा पढ्नुहॊस »

सांसद प्रदीप यादवलाई देखियो कोरोना, अंगरक्षक र चालकमा पनि संक्रमण पुष्टि

काठमाडौं – जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ । सांसद यादव आफैंले यसबारे फेसबुकमा जानकारी गराए । उनले फेसबुकमा लेखेका छन्, ‘मैले आफ्नो पीसीआर जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । आफूलाई आइसोलेट गरेर राखेको छु ।’ लामो स्टेटसमा उनले सबैलाइ सुरक्षित हुन आग्र गरेका छन् । उनले आत्मअनुशासन कायम गर्दै सुरक्षित रुपमा बस्न, घरबाट …

पुरा पढ्नुहॊस »

गुल्मीमा पहिरो: १० महिने शिशुसहित एकै परिवारका चार जनाको मृत्यु

गुल्मी । गुल्मीमा पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ । रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा गएराति स्थानीय राजु माझीको घर पहिरोले पुरिएको हो । पहिरोमा परेर ज्यान जानेमा राजु बोटेमाझीकी श्रीमती वर्ष ३० की बीना, उनका छोराहरु वर्ष १० का हेमन्त, वर्ष ७ का सागर र दश महिनाकी छोरी विनिता रहेको रुरुक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए । बेलुकी ५ बजेदेखि अविरल वर्षा …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकामा थपिए ३८ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । आज शुक्रबार काठमाडौं उपत्यकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार  काठमाडौंका ३२ जना, ललितपुरमा ५ जना र  भक्तपुरमा १ जना गरी  जम्मा ३८   जनामा संक्रमण पुष्टि भएको हो। नेपालमा हालसम्म  कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ७ सय ७१ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ५६ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये  १४ हजार ३ सय  ९९ जना उपचारपछि निको …

पुरा पढ्नुहॊस »

थप २२४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९ हजार ७ सय ७१ जना पु्ग्यो

काठमाडौं । आज शुक्रबार थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज शुक्रबार थप २२४  जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ७ सय ७१ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ५६ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये  १४ हजार ३ सय  ९९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

पाटन अस्पतालमा ६५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु

काठमाडौं । पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  ती महिला वीरगन्जबाट काठमाडौं आएपछि रुघाखाेकी लगायत समस्या देखिएपछि उनी  साउन ६ गते जाँच गराउन स्टार अस्पताल गएकी थिइन् । उनलाई स्टार अस्पतालमै आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा नै सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राख्नुपरेको थियो । आईसीयूमा राखेर उपचार भइरहेकै अवस्थामा कोरोना परीक्षण रिपोर्ट पनि पोजिटिभ आएपछि उनलाई पाटन अस्पतालको आईसीयूमा सारिएको थियो ।

पुरा पढ्नुहॊस »