धरानमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

सुनसरी । धरानमा आइतबार थप ९ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमित पुष्टि भएकाहरु धरान औद्योगिक क्षेत्रको उद्योगमा कार्यरत ५ जना र एन्फा क्वारेनटाइन बसेका ४ जना रहेका छन् ।

साउन १४ गते भारतको मणिपुरबाट आएर धरान १७ एन्फा क्वारेनटाइनमा बसेका थिए । उनीहरुको साउन १५ गते ५० जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा थप ९  जनामा कोरोना पोजिटिभ देखिएको हो ।उनीहरु सबैको घर धरान नै बताइएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस