पाटन अस्पतालमा ६५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु

काठमाडौं । पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  ती महिला वीरगन्जबाट काठमाडौं आएपछि रुघाखाेकी लगायत समस्या देखिएपछि उनी  साउन ६ गते जाँच गराउन स्टार अस्पताल गएकी थिइन् ।

उनलाई स्टार अस्पतालमै आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा नै सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राख्नुपरेको थियो ।

आईसीयूमा राखेर उपचार भइरहेकै अवस्थामा कोरोना परीक्षण रिपोर्ट पनि पोजिटिभ आएपछि उनलाई पाटन अस्पतालको आईसीयूमा सारिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री