सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन् । सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बिहान ९ बजेका लागि पदाधिकारीको बैठक बोलाएका हुन् ।

बैठकमा सत्ता साझेदारीका लागि कांग्रेस र एमालेबीच भएको सहमतिबारे छलफल हुनेछ । बैठकले एमालेसँग भएको सहमतिलाई पदाधिकारी बैठकले अनुमोदन गर्नेछ ।

यसअघि सोमबार मध्यराति कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको थियो । सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली र दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

सुरुमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बन्ने र कांग्रेस त्यसमा सहभागी हुनेछ । एमालेले प्रधानमन्त्रीसहित ९ र कांग्रेसले गृहसहित १० मन्त्री पाउने सहमति भएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज जवाफी बहस

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै दायर रिटमा आज पनि सुनुवाइ हुने …

प्रतिकृया दिनुहॊस