पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । मंगलबार पनि धेरै स्थानमा वर्षाको सम्भावना छ । मनसुनी वायुको प्रभावका कारण आज पनि केही स्थानमा भारी र अति वर्षाको सम्भावना रहेको हो ।

बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी र मधेश प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा अति वर्षाको सम्भावना छ ।

राति देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सबै प्रदेशका कतिपय स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सातै प्रदेशमा मुटु रोग उपचार पुर्‍याउने गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्णय

काठमाडाैं । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्‍याउने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस

This will auto close after