Tag Archives: mainnews

कोरोनाले विश्वमा ७ लाख १६ हजारको मृत्यु, संक्रमितको संख्या १ करोड ९१ लाख नाघ्यो

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ९२ लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ९१ लाख ८७ हजार ९४३ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख १६ हजार ७५ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । चीनको वुहानबाट सुरु भएको कोरोना …

पुरा पढ्नुहॊस »

देशैभर वर्षा: बढ्यो बाढी-पहिरोको जोखिम, कहाँ-कहाँ छ खतरा ?

काठमाडौं । अहिले हाल देशका अधिकांश भू भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षा पनि भैरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्युन चापीय रेखा हाल नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहकोले वर्षा भएको हो । दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं …

पुरा पढ्नुहॊस »

अयोध्यापुरीसम्बन्धी काम अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन् । उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, ‘त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ । भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको पाइएकाले हाम्रो अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा जुट्नुपर्छ । तपाईँहरु के के गर्दै हुनुहुन्छ, …

पुरा पढ्नुहॊस »

कोरोना अपडेट : विश्वभर १ करोड २५ लाख ४३ हजारभन्दा धेरै निको भए

काठमाडौं । विश्वभर एकैदिन १ लाख ९७ हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । योसँगै १ करोड २५ लाख ४३ हजार ७१३ जना संक्रमणमुक्त भएका छन् । आज बिहानसम्म १ करोड ९५ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । एकै दिन २ लाख ८३ हजार ९ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९५ लाख ३९ हजार ७४८ पुगेको हो । यस्तै …

पुरा पढ्नुहॊस »

फेरि भारी वर्षाको सम्भावना, उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं । अहिले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा बर्षा भईरहेको छ । मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेकाले वर्षा भएको हो । आज दिउँसो देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना भने प्रदेश १, बागमती प्रदेश,गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकामा एकैदिन थपिए १०६संक्रमित

काठमाडौं । आज शुक्रबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ९२, ललितपुरका १० र भक्तपुरका ४  जना गरी जम्मा १०६ जनामा संक्रमण पुष्टि भएको हो। नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या  २२ हजार २ सय १४  जना पुगेको छ भने  मृत्यु हुनेको संख्या ७० जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १५ हजार ८ सय  १४ जना उपचारपछि निको भएर घर फर्किएका …

पुरा पढ्नुहॊस »

थप ४६४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२ हजार नाघ्यो

काठमाडौं । आज  शुक्रबार  थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज  शुक्रबार  थप ४६४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या  २२ हजार २ सय १४  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ७० जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १५ हजार ८ सय  १४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

कोरोनाबाट पाटन अस्पतालमा २ जनाको मृत्यु

काठमाडौं ।  कोरोना संक्रमणबाट पाटन अस्पतालमा उपचाररत २ जनाको   मृत्यु भएको छ । मृत्यु हुनेमा  सर्लाही घर भएका ४५ वर्षीय पुरुष र रुपन्देही, सुनौली घर भएकी ४१ वर्षीय महिला   छन् । सर्लाहीका ४५ वर्षीय पुरुषलाई कुकुरले टोकेर गत १९ गते अस्पताल भर्ना भएका थिए भने सुनौली घर भएकी ४१ वर्षीय महिला पनि १९ गते नै अस्पताल भर्ना भएकी थिईन् । मृतक महिलालाई पाठेघरको क्यान्सर  थियो । ती महिलाको शुक्रबार बिहान ११ …

पुरा पढ्नुहॊस »

आन्तरिक राजस्व कार्यालयमा कोरोनालाई गिज्याउने भीड, छैन सुरक्षा सतर्कता [फोटोफिचर]

काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालमा करिब ४ महीना देशव्यापी लकडाउन भयो तर, साउन ८ गतेबाट लकडाउन अन्त्य भएको घोषणा गर्यो । लकडाउन अन्त्य भएसँगै सरकारी तथा नीजि कार्यालय खुले र सेवाग्राहीको चाप बढ्यो । नयाँ आर्थिक वर्ष सुरु भएको र ४ महीनाको लकडाउन अन्त्य भएपछि सेवाग्रहीको चाप बढ्न स्वाभाविकै हो । तर यहाँ त कोरोनालाई गिज्याउने गरी सरकारी कार्यालयमा भीड लाग्ने गरेको छ । त्यहाँ पुग्दा लाग्थ्यो …

पुरा पढ्नुहॊस »

कोरोना संक्रमणका कारण २२ वर्षीय युवकको मृत्यु

काठमाडौं । सिरहामा कोरोना संक्रमणबाट एक युवकको मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १२ का २२ वर्षिय युवकको मृत्यु भएको हो । ती युवकको गएराती उपचारको क्रममा मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले पुष्टि गरे । मृगौला पीडित रहेका उनी नियमित डाइलोसिस गराउँदै आएका थिए । उनमा बुधबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना सक्रमित युवकको …

पुरा पढ्नुहॊस »