प्युठान जिप दुर्घटना: मृतकको सङ्ख्या आठ पुग्यो, पाँचको सनाखत

काठमाडौँ । प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । नौबहिनी गाउँपालिकाको लुङमा विवाह सकेर बेहुली लिएर गौमुखी गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ५० ९२ नम्बरको जिप शनिबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमध्ये पाँच जना महिला र तीन पुरुष रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सत्यनारायण थापाले जानकारी दिए । मृतकमध्ये ५ जनाको सनाखत भएको छ । सनाखत हुने मृतकहरूमा ४० वर्षीया बसन्ती खड्का, ३० वर्षीया केशरी खड्का, अन्दाजी ५० वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षीय खिमबहादुर खत्री, ५० वर्षीय नन्दि खड्का रहेका छन् ।

अन्यको परिचय खुल्न बाँकी छ । दुर्घटनामा घाइते भएका ५ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार हुँदै गरेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

४४ पदका लागि कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?

काठमाडौं । आगामी मंसिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।

प्रतिकृया दिनुहॊस