काठमाडौँ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिमा सवारी एकआपसमा ठोक्किएपछि आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका-१ लोकहीको खुनिया पुलस्थितनजिक ट्रक र बस ठोक्किँदा चालकसहित तीन जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जयसिंह थापाकाअनुसार पूर्वको काकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व जाँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एकआफसमा ठोक्किँदा आगलागी भएको थियो । घटनामा दर्जनभन्दा बढी यात्रु घाइते भएको उनले बताए ।
राति अबेरसम्म उद्धार गरिएकाले मृतक र घाइतेको परिचय खुल्न बाँकी रहेको प्रमुख थापाले बताए । सामान्यको इनरुवा अस्पतालमा र गम्भीर अवस्थाका घाइतेलाई थप उपचारकालागि विराटनगर पठाइएको छ । प्रहरीले सो घटनाको पूर्ण विवरण भने आउन बाँकी रहेको जनाएको छ ।
तपाईंको प्रतिकृया




