काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार रातिदेखि नै मुलुकभरको मौसममा बदली भएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र वर्षा भइरहेको छ । विभिन्न स्थानमा बाक्लो हिमपातका कारण यातायात अवरुद्ध भएका छन् । साथै हिमाली तथा पहाडी भेगको जनजीवन प्रभावित भएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका धेरै स्थानहरुमा मेघगर्जन/चटयाङ/असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
भारी वर्षा र हिमपातसँगै चिसो बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।आज रातिदेखि भने मौसममा सुधार आउने महाशाखाको भनाइ छ ।
प्रतिकृया दिनुहॊस