पछिल्लो २४ घन्टामा १ हजार १२८ जनामा संक्रमण पुष्टि

स्वास्थ्य मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा एक हजार एक सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा २० हजार ९८९ वटा नमुना परीक्षण गर्दा एक हजार १२८ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार १७ हजार ४४७ जनामा गरिएको पीसीआर परीक्षणमा ६६६ जनामा र ३ हजार पाँच सय ४२ जनामा एन्टिजेन परीक्षण गर्दा ४६२ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ रहेको छ। पछिल्लो २४ घन्टामा २ हजार २१५ डिस्चार्ज भएका छन् भने मृत्यु हुनेकाे संख्या १४ छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री