आजदेखि तीन दिन देशभर मौसम सफा रहने

काठमाडाैँ । आजदेखि ३ दिनसम्म मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबारदेखि कम्तिमा मंगलबारसम्म कतै पनि वर्षा र हिमपातको सम्भावना देखिएको छैन ।

नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव भने जारी रहेको । यतिबेला पहाडी भेगमा आंशिक बदली (थोरै आकाशमा बादल) छ भने तराईका थोरै स्थानमा हुस्सु /कुहिरो लागिरहेको बुलेटिनमा उल्लेख छ ।

यस्तो छ सोमबारसम्मको मौसम पूर्वानुमान

माघ २९ गते शनिबार
दिउँसो – 
देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

राति – देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

फागुन १ गते आइतबार
दिउँसो – 
देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

राति – देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

फागुन २ गते सोमबार
दिउँसो –
 देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

राति – प्रदेश-१, बागमती प्रदेशको पहाडी भूभागका आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री