तुलसीपुर आगलागी : मृतक सबैको सनाखत, चार बालबालिका [अपडेट]

काठमाडौँ । दाङको तुलसीपुरस्थित जुत्ता चप्पल गोदाममा भीषण आगलागी हुँदा मृत्यु भएका ५ जनाको सनाखत भएको छ । मृत्यु हुनेहरूमा १३ वर्षिया साजिता खातुन, १५ वर्षीय हसन बकस, १३ वर्षीय मनिस बकस, ५ वर्षीया अवीददिन अली र ४० वर्षीय नजर दिव अली रहेको प्रहरीले जनाएको छ ।

मृतक ५ जनाको शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । यस्तै उद्धारमा खटिएका एक जना घाइते भएको पनि प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बहोस भएका स्थानीय ३८ वर्षीय अमर डाँगीको उपचार भइरहेको छ ।

बिहीबार राति तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा आगलागी भएको थियो । शुक्रबार बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगलागी भइरहेको देखेका थिए । त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि झण्डै ५ घण्टापछि मात्र आगलागी नियन्त्रणमा आएको थियो ।

इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

याे पनि : दाङको तुलसीपुरमा भीषण आगलागी, पाँचको मृत्यु

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस