Tag Archives: mainnews

एमसीसीमाथि चीनको प्रश्न- अल्टिमेटमसहित आउने ‘उपहार’ कसैले कसरी स्वीकार गर्न सक्छ ?

काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बारेमा चीन फेरि बोलेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ छुनयिङले एमसीसी सम्झौताको बिषयमा अमेरिकाले दिएको ‘अल्टिमेटम’ बारेमा प्रश्न गरेकी छिन् । हुवाले बुधबारको नियमित पत्रकार सम्मेलनमा ‘उपहार कहिलेदेखि अल्टिमेटमसहित आउन थाल्यो ?’ भन्ने प्रश्न सहित व्यंग्य गरेकी हुन् । पत्रकार सम्मेलनमा चाइना न्युज सर्भिसले सोधेको नेपालसम्बन्धी प्रश्नमा प्रवक्ता हुआले भनेकी छन्, ‘नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी जनताको तर्फबाट नेपालीलाई ५० …

पुरा पढ्नुहॊस »

कांग्रेस १६ जिल्लाको अधिवेशन फेरि सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको १६ वटा जिल्लामा हुन बाँकी रहेको अधिवेशन फेरि स्थगित भएको छ । फागुन १५ गतेदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको हो । कांग्रेसले बुधबार एक सूचना जारी गर्दै ती जिल्लाको अधिवेशन फागुन २० गते हुने कांग्रेसले जनाएको छ । मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तु र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पुरा पढ्नुहॊस »

एमसीसीको पक्षमा मतदान गर्ने लोसपाकाे निर्णय

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। बुधबार बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो। प्रतिनिधिसभामा १३ जना सांसद रहेको लोसपाले विकासका लागि ल्याइएको परियोजनामा आफूहरू समर्थन रहने निर्णय गरेको हो। सरकारले एमसीसी सम्झौता गत आइतबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको थियो। यससँगै बिहीबारको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको छ।

पुरा पढ्नुहॊस »

३१२ कोरोना संक्रमित थपिए, ९११ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ३१२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयका अनुसार ८ हजार ६९३ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ३१२ जनामा कोरोना पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा ९११ जनाले संक्रमण जितेका छन्। सोही अवधिमा नेपालमा थप २ संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ९३० पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर १० हजार ९० जना सक्रिय …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक १५ दशमलव ५० घट्याे

बुधबार शेयर बजार घटेको छ। मंगलबार १७ दशमलव ४२ अंकले बढेको बजार बुधबार १५ दशमलव ५० अंकले घटेर २ हजार ७२० दशमलव ४३ बिन्दुमा झरेको छ। बुधबार २२८ वटा धितोपत्रको ६२ लाख ४७ हजार ७७४ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब १३ करोड १२ लाख १० हजार २८१ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । बुधबार १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचक …

पुरा पढ्नुहॊस »

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन सरकारकाे आग्रह

परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई नेपाल फर्कन आग्रह गरेको छ। युक्रेनमा विकसित भइरहेको घटनाक्रमको मूल्याङ्कन गर्दै अति आवश्यक परि त्यहीँ रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्कन मन्त्रालयले अनुरोध गरेको हो। साथै, अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नजान समेत मन्त्रालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ। युक्रेनका लागि समेत सहप्रमाणिकृत नेपाली राजदूतावास, बर्लिनले युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकसँग सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको …

पुरा पढ्नुहॊस »

बृहस्पति अस्त, अबकाे २९ दिन शुभकर्म गर्न नहुने

फागुन १० बाट बृहस्पति अस्त भएकाले अब २९ दिन ग्रहदोष र नित्य कर्मबाहेक अन्य शुभकर्म गर्न नहुने ज्योतिषले बताएका छन्। १० फागुन मंगलबार बिहान १० बजेर ३१ मिनेटदेखि पश्चिम दिशामा अस्ताएका गुरु बृहस्पति ९ चैत बुधवार बिहान ६ बजेर २ मिनेटमा पूर्व दिशाबाट शुभ समयमा उदय हुने पञ्चांग निर्णायक समितिबाट स्वीकृत पञ्चाङ्गमा उल्लेख गरिछ । खगोलीय नियमअनुसार सूर्यसँग कुनै पनि ग्रह बस्दा, सूर्यको प्रकाशले अरु ग्रहहरूको बल र शक्ति कमजोर …

पुरा पढ्नुहॊस »

कांग्रेस पदाधिकारी बैठक बस्दै, भ्रातृ तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुने

नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। उनका अनुसार बैठकमा पार्टीका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुनेछ। केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले तयार पारेको ड्राफ्ट भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका विधानको रूपमा पारित भइसकेपछि पदाधिकारी बैठकमा छलफल भइरहेको छ। पदाधिकारी बैठकमा छलफल गरेर विधानमाथि सुझाव दिने सहमहामन्त्री पाण्डेले बताए। केही दिनदेखि जारी छलफलमा दलित …

पुरा पढ्नुहॊस »

आजदेखि नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक सुरू हुँदै

नेपाल-भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी) काे नवाैं बैठक आज बुधबार काठमाडाैंमा बस्दैछ। निर्देशक समिति बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले तथा भारतीय पक्षको नेतृत्व त्यहाँको ऊर्जा मन्त्रालयका सचिव आलोककुमारले गर्नेछन्। समितिकाे बैठक हरेक ६ महिनामा आयोजना गरिने भए पनि काेराेना महामारीका कारण दुई वर्षदेखि हुन सकेको थिएन। २०७६ असोजको अन्तिम सातामा भारतको बैंग्लोरमा बसेपछि यो बैठक बसेको थिएन। बैठकको पहिलो दिन आज नेपाल-भारत ऊर्जा सहसचिवस्तरीय संयुक्त …

पुरा पढ्नुहॊस »

ओलीसँग देउवाको आग्रह, ‘एमसीसी पास गर्न सहयोग गर्नुस्’

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग एमसीसी अनुमोदनमा सहयोग गर्न आग्रह गरेका छन्। मंगलबार साँझ बालुवाटार पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग प्रधानमन्त्री देउवाले करिब २ घण्टा छलफल गरेका थिए। नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्रीले गठबन्धनभित्रबाट आफूलाई असहयोग भएकाले प्रतिनिधि सभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेको जानकारी दिए । एमाले अध्यक्ष ओलीले भने आफूहरुको माग सम्बोधन नभएसम्म संसदीय प्रकृयामा प्रवेश नगर्ने बताएको उनको …

पुरा पढ्नुहॊस »