चितवनमा हतियार देखाएर पसलबाट सुनचाँदी र नगद लुटपाट, चार जना पक्राउ

काठमाडौं । चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलबाट दुई जना व्यक्ति आएर करिब तीन किलो सुन, ३५ किलो चाँदी र २ लाख नगद लुटपाट गरेका हुन् ।

उनीहरुले पेस्तोल जस्तो वस्तु देखाएर सुनचाँदी र नगद लुटेर भागेको प्रहरीले जनाएको छ । लुटपाट गर्नेहरुले पसलमा रहेको सीसीटीभीको हार्डडिस्क पनि लगेका छन् । प्रहरीले लुटपाटमा संलग्न भएको भन्दै चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्व वैंकको ८० मिलियन डलर ऋण स्वीकार्नेसहित यी हुन् मन्त्रिपरिषदका २१ निर्णय

काठमाडौं । सरकारले विश्व बैंकको ८० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्नेलगायतका विभिन्न २१ निर्णय …

प्रतिकृया दिनुहॊस