काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विवादित व्यक्तिलाई मन्त्री बनाएको भन्दै संसदमा ध्यानाकर्षण गराएको छ । कांग्रेस सांसद सुशिला थिङले प्रधानमन्त्रीले विवादित मन्त्रीलाई सरकारमा ल्याएको भन्दै ध्यानाकर्षण गराएकी हुन् ।
उनले विगतमा विवादित मन्त्रीको विषय संसदमा उठिरहेको बेला प्रधानमन्त्रीले फेरि विवादित व्यक्तिलाई मन्त्री बनाएको भन्दै आपत्ति जनाइन् । सहकारी प्रकरणमा मुछिएका रवि लामिछानेलाई सरकारमा सामेल गराएकोप्रति कांग्रेसको ध्यानाकर्षण भएको उनले बताइन् ।
उनले पूर्व उपराष्ट्रपतिको परिवार सुन तस्करीमा मुछिएकोले सो विषयको अनुसन्धान र जानकारी सरकार कसरी अगाडी बढ्छ र त्यसको निराकरण नभएसम्म अबको संसद सजिलै नचल्ने चेतावनी दिएकी छन् ।
तपाईंको प्रतिकृया




