Tag Archives: mainnews

शतकपछि फागु पूर्णिमामा चन्द्रग्रहण, तीन राशिलाई शुभ

काठमाडौं । यस वर्षको पहिलो चन्द्रग्रहण फाल्गुन पूर्णिमा अर्थात १२ चैत्रमा लाग्दैछ । तर, यो चन्द्र ग्रहण नेपाल र भारतलगायतको क्षेत्रमा भने देखिंदैन । चन्द्रग्रहण यस वर्ष सय वर्षपछि होलीमा लाग्दैछ । यो चन्द्रग्रहण फागुन १२ अर्थात २५ मार्च बिहान १०ः२३ मा सुरु हुनेछ र यो ०३ः०२ बजे समाप्त हुनेछ । यो चन्द्रग्रहण नेपाल तथा भारतमा नदेख्ने भएकाले यसको सुतक अवधि पनि मान्य हुने छैन । आयरल्याण्ड, इङ्गल्याण्ड, स्पेन, पोर्चुगल, …

पुरा पढ्नुहॊस »

काठमाडौंमा घाम लाग्यो, अन्य क्षेत्रको मौसम कस्तो ?

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा मौसम सफा रहने छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही …

पुरा पढ्नुहॊस »

सुहाङ नेम्वाङलाई इलाम-२ बाट उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आईतवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नेम्वाङलाई सो निर्वाचन क्षेत्रको उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवाषचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो निर्वाचनन क्षेत्र खाली थियो । सोही निर्वाचनमा क्षेत्रमा एमालेले उनका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने …

पुरा पढ्नुहॊस »

सोमबार २०२४ को पहिलो चन्द्रग्रहण लाग्दै, नेपालबाट देखिन्छ ?

काठमाडौं । फागुन महिनाको शुक्लपक्षको पूर्णिमा अर्थात् भोलि (सोमबार) सन् २०२४ को पहिलो चन्द्रग्रहण लाग्दैछ । यो चन्द्रग्रहण बिहान १०ः३८ बाट सुरु भएर दिउँसो ३ः१७ बजेसम्म रहनेछ । ग्रहण नेपालबाट भने देख्न नसकिने बिपी कोइराला मेमोरियल प्लानेटरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालयका कार्यकारी निर्देशक सनतकुमार शर्माले बताए । ‘यो ग्रहण नेपालबाट देख्न सकिँदैन, उत्तर र पूर्वी एसिया, युरोप, अमेरिका, क्यानडालगायतका देशबाट मात्र देख्न सकिन्छ,’ उनले भने । नेपाल पञ्चाङ्ग निर्णायक …

पुरा पढ्नुहॊस »

ह्वात्तै बढ्यो भिजिट भिसामा देश छोड्नेको संख्या

काठमाडौं । भिजिट भिसामा नयाँ मापदण्ड आएसँगै बिदेसिने नागरिकको संख्या ह्वात्तै बढेको छ । गृह मन्त्रालयले माघ १० गतेदेखि भिजिट भिसामा जाने नागरिकको लागि नयाँ मापदण्ड जारी गरेसँगै यो संख्या झन्डै दोब्बरले बढेको हो । अध्यागमन विभागको तथ्यांकअनुसार भिजिट भिसामा नयाँ मापदण्ड लागू हुनुपूर्व नेपालको बाटो हुँदै दैनिक करिब ९ सय ७५ नागरिक भिजिट भिसामा बाहिरिने गरेका थिए । अहिले नयाँ मापदण्ड लागू गरेसँगै दैनिक १५ सयको हाराहारीमा भिजिट भिसामा …

पुरा पढ्नुहॊस »

दाङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौं । दाङको राजपुर गाउँपालिका-५ जंग्रहवा र नौसहराबीचको कोरियाखोलामा मोटरसाइकललाई बसले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । शनिबार साँझ गङ्गादीतर्फ जाँदै गरेको रा १ ख २३६० नम्बरको बस र पूर्वतर्फ आउँदै गरेको रा ७ प २०७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । सो दुर्घटनामा राजपुर गाउँपालिका-५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए । उनीहरु मोटरसाइकमा …

पुरा पढ्नुहॊस »

आज फागु पूर्णिमा, यस्तो छ होलीको इतिहास

काठमाडौँ । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुंडिखेलमा लगी जलाइन्छ । उक्त चीरमा राखिएका ध्वजापताका …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद समेत बढ्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

भूकम्प पीडितको करोडौँ हिनामिना गर्ने प्रभुका हाकिम पक्राउ

काठमाडौं । रुकुम पश्चिमको आठविसकोट नगरपालिका-९ राडिमा रहेको प्रभु बैंकबाट करोडौँ रकम हिनामिना गरेको आरोपमा बैंकका कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बैंकङ्कको अपरेसन इन्चार्ज पदमा कार्यरत आठविसकोट नगरपालिका-११ निवासी ३१ वर्षीय नीरज विक्रम शाहलाई पक्राउ परेको हो । पक्राउ परेका शाह माथि भूकम्प पीडितसहित दर्जनौँ सेवाग्राहीको करोडौँ रकम अपचलन गरेर हिनामिना गरेको आरोप रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले बाँकेको …

पुरा पढ्नुहॊस »

बागमतीसहित चारवटा प्रदेशमा बिहानैदेखि वर्षा (तीन दिनको पूर्वानुमान)

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण केही दिनयता नेपालमा वर्षा हुँदै आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोसी, वाग्मती, र गण्डकी प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागले दिउँसो …

पुरा पढ्नुहॊस »