Tag Archives: mainnews

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीलाई ७ वर्ष जेल र ३ लाख जरिवाना

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै ७ वर्ष कैद सजाय सुनाएको हो । गिरीलाई गत जेठ १३ गते जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। सोही आधारमा आएको फैसला अनुसार ७ वर्षको कैद सजायसहित ३ लाख रुपैयाँ क्षतिपूर्ति …

पुरा पढ्नुहॊस »

गण्डकीमा सरकार विस्तार : मनाङेले पाए भौतिक, फणीन्द्रलाई ऊर्जा मन्त्रालय

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिमण्डल विस्तार गर्दैछन् । सांसद फणीन्द्र देवकोटा र दीपक मनाङे (राजीव गुरुङ)ले आज मन्त्रीको शपथ लिने भएका हुन् । देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय पाउने बताइएको छ । उनी गण्डकीको सामाजिक विकास तथा कृषि समितिका सभापति पनि हुन् । स्वतन्त्र सांसद दीपक मनाङे छैटौं पटक मन्त्री बन्दै छन् । प्रदेशसभाको दोस्रो कार्यकालमा मात्रै उनी दुई पटक मन्त्री भइसकेका छन् । सुरुमा सुरेन्द्रराज …

पुरा पढ्नुहॊस »

भाडामा दिएका सामुदायिक विद्यालयका १७५ सटरमा महानगरको ताला

काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सातवटा सामुदायिक विद्यालयले व्यावसायिक प्रयोजनका लागि बहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ । तीमध्ये चारवटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा महानगरका कर्मचारीले नै ताला लगाएका थिए । यस्तै, बाँकी सञ्चालकले नै बन्द गरेका हुन् । विभागले ताला लगाएका विद्यालयमा जेपी स्कुल ठमेलका मात्रै ४६ वटा सटर रहेका छन्, जहाँ रेष्टुरेण्टसहितका व्यापारिक क्रियाकलाप सञ्चालन हुँदै आएको महानगरले उल्लेख गरेको छ । …

पुरा पढ्नुहॊस »

स्वीट्जरल्याण्ड जाँदै राष्ट्रपति पौडेल, जर्मनीको पनि भ्रमण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार स्वीट्जरल्याण्डको जेनेभा जाँदैछन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोसल जस्टिस) को उद्घाटन मञ्चमा सहभागी हुन उनी जेनेभा जान लागेका हुन् । राष्ट्रपति पौडेलले जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले यही जेठ ३० गते स्विस महासंघका राष्ट्रपति विओला …

पुरा पढ्नुहॊस »

सुरु भयो मनसुनको प्रभाव, कहाँको मौसम कस्तो ?

काठमाडौँ । अहिले देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको एक-दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ । दिउँसो कोशी प्रदेशलगायत बागमती …

पुरा पढ्नुहॊस »

विदेशी विनिमय सञ्चिति करिब साढे १९ खर्ब पुग्यो

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा अर्थतन्त्रको बाह्य क्षेत्रमा राम्रो सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार एक वर्षभन्दा बढी समयको वस्तु तथा सेवाको आयात धान्ने विनिमय सञ्चिति रहेको देखिएको हो । वि.सं २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६ दशमलव दुई …

पुरा पढ्नुहॊस »

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले ३१ मतसहित विश्वासको मत प्राप्त गरेका हुन् । उनलाई उनको दल नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का २, स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेसपाका फणीन्द्र देवकोटाले विश्वासको मतको पक्षमा मतदान गरेका हुन् । त्यस्तै उनको विपक्षमा एमालेका २२, माओवादी केन्द्रका ६ …

पुरा पढ्नुहॊस »

रवि लामिछानेको मुद्धामा सर्वोच्चले माग्यो अभियोगपत्र

काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरूद्धको मुद्दामा मिसिल झिकाउने आदेश दिएको छ । लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा नभएको भन्दै महान्यायाधिवक्ताले दिएको पत्र बदर गर्न माग गर्दै परेको रिटमा सोमबार न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले रूपन्देही जिल्ला अदालतमा सरकारी वकिलले दर्ता गरेको अभियोगपत्रको प्रमाणित प्रतिलिपि मगाउने आदेश दिएको हो । यो रिटमा अर्को सुनुवाई असार ४ गतेलाई तोकिएको छ । गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएको र गृहमन्त्रीकै …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकका पूर्वअध्यक्ष श्रेष्ठसहित ९ जना पक्राउ

काठमाडौं । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहितको समूहले दुई अर्ब ११ करोड रुपैयाँभन्दा बढी रकम कमसल धितोमा दिएको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका क्रममा यस्तो तथ्य खुलेको हो । कमसल धितोमा बढी ऋण प्रवाह गरेको पाइएपछि उनीसहित ९ जनालाई सीआईबी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरका श्रेष्ठसहित दैलेखका सुनीलकुमार न्यौपाने, ललितपुरका प्रा. डा. गीता प्रधान, सिरहाका रमेशकुमार निरौला, भोजपुरकै रणबहादुर …

पुरा पढ्नुहॊस »

विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे, अंकगणित छैन सरकार अनुकूल

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक आह्वान गरिएको हो । नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेतासमेत रहेका पाण्डे सर्वोच्च अदालतको परमादेश अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ …

पुरा पढ्नुहॊस »