Tag Archives: mainnews

निर्मल पुर्जामाथि महिला आरोहीले लगाइन् यौन दुर्व्यवहारको आरोप

काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लागेको छ । पूर्व मिस फिनल्यान्ड लोता हिन्स्टाले पुर्जामाथि यौन दुर्व्यवहारको आरो लगाएकी हुन् । अमेरिकाको पत्रिका ‘द न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै हिन्स्टाले सन् २०२३ को मार्च ३० मा काठमाडौं आएका बेला एक होटलमा पुर्जाले दुर्व्यवहार गरेको बताएकी हुन् । गत डिसेम्बरमा प्रकाशित आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ-२’ मा पनि उनले एक जना चर्चित आरोहीसँग अप्रिय घटना …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकामा ९ घण्टासम्म बत्ती अवरुद्ध, कुन-कुन क्षेत्रमा गयो बिजुली ?

काठमाडाैं । काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा आज पाँचदेखि ९ घण्टासम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ । विद्युत् प्राधिकरणले काठमाडौंको बलम्बु सहायक वितरण केन्द्रको मातातिर्थ फिडर र ललितपुरमा पुल्चोक वितरण केन्द्रको पाटन पुच्लोक फिडर अन्तर्गतका वितरण गरिएका स्थानहरूमा बिजुली आज बिजुली काटिने जानकारी दिएको छ । मर्मत तथा कन्डक्टर अपग्रेडका गर्न लागिएकाले ती फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत् अवरुद्ध हुनेछ । मातातिर्थ फिडर अन्तर्गत पर्ने दाउरा डिपो, महादेवस्थान, चेकपोष्ट, आयल …

पुरा पढ्नुहॊस »

जेठ १९ अर्थात् राजा वीरेन्द्रको वंशनाश भएको दिन

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंशनाश भएको जेठ १९ को नमिठो …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुनै कुराले मनमा शान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा पनि चल्नेछ ।

पुरा पढ्नुहॊस »

प्रचण्डको ब्रिफिङ- सत्ता गठबन्धन भत्किँदैन, माधवजी बुढानीलकण्ठ गएको जानकारी थियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन तत्काल नभत्किने बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले गठबन्धन नभत्किने ‘ब्रिफिङ’ गरेका हुन् । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सांसदले सुनाए, ‘गठबन्धनमा कुनै समस्या आउँदैन । बाहिरको अनावश्यक चर्चा भइरहन्छन् । तर, सरकार आफैं ढंगले अघि बढ्छ ।’ उनले माधव नेपाल गलत मनसायले कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा नगएको सांसदहरूलाई सुनाए । ती सांसदका अनुसार बैठकमा …

पुरा पढ्नुहॊस »

होमवर्क नगरेको निहुँमा विद्यार्थीमाथि निर्घात कुटपिट, शिक्षक पक्राउ

काठमाडौं । इटहरीमा विद्यार्थीले ‘होमवर्क’ नगरेको भन्दै एक शिक्षकले विद्यार्थीमाथि निर्घात कुटपिट गरेका छन् । इटहरी १६ स्थित शिक्षादीप बोर्डिङ स्कुलमा ९ कक्षामा अध्ययनरत अंशल बुढाथोकीलाई शिक्षक पूर्णप्रसाद पोखरेल (पीपी)ले बुधवार निर्घात कुटपिट गरेका हुन् । १४ वर्षीय बुढाथोकीलाई पोखरेलले शरीरका विभिन्न भागमा पाइपले कुटपिट गरेको पीडित परिवारले बताएका छन् । पीडित बालकका ठूलोबुवा राजन बुढाथोकीका अनुसार गणित विषयको ६ वटा प्रश्न दिएर होमवर्क गर्न लगाएको र पाँच वटा मात्रै …

पुरा पढ्नुहॊस »

तराईमा रेकर्ड ब्रेक गरेको गर्मी तत्काल नघट्ने

काठमाडौं । पश्चिम तराईका जिल्लामा गर्मीले रेकर्ड ब्रेक गरिरहेको छ । बिहीबार बाँकेको नेपालगन्जको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । यो विगत केही वर्ष यताकै उच्च तापक्रम हो । जल तथा मौसम विभाग फिल्ड कार्यालय राँझा एअरपोर्टका नायब मौसम विज्ञान सहायक कुमार रानाका अनुसार बिहीबार नेपालगन्जको अधिकतम तापक्रम ४४ दशमलव २ सेल्सियस मापन भएको हो । उनका अनुसार बिहीबार साँझ ५ः४५ बजे लिइएको रिडिङमा उक्त तापक्रम मापन …

पुरा पढ्नुहॊस »

१७ सयले बढेर सुनको मूल्यमा बन्यो नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । सुनको मूल्यले प्रतितोला १ हजार ७०० रुपैयाँले बढेर नयाँ कीर्तिमान बनाएको हो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत जेठ ७ गते १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएर सुनको मूल्यले रेकर्ड …

पुरा पढ्नुहॊस »

कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ, साढे ८ अर्ब अपचलन गरेको आरोप

काठमाडौं । कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । लामा पशुपति सेभिङ एण्ड क्रेडिटको समेत सञ्चालक हुन् । लामासहितको समूहले कान्तिपुर पशुपति सेभिङको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोप छ । यसअघि नै कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल पक्राउ गरेका थिए । २०८० फागुनमा मल्ललाई प्रहरी वृत्त नयाँ …

पुरा पढ्नुहॊस »

होमस्टे, होटेल तथा रिसोर्ट सञ्चालकहरूलाई दिइयो योग तथा पूर्वकर्म अभिमुखीकरण (तस्वीरहरु)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले होमस्टे, होटेल तथा रिसोर्टका सञ्चालकहरूका लागि योग तथा पूर्वकर्म सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । आयुर्वेद तथा योगको माध्यमबाट पर्यटकलाई चिकित्सा सेवा प्रदान गरी चिकित्सा पर्यटनको विकास र प्रवर्द्धन गर्ने उदेश्यका साथ चन्द्रागिरि नगरपालिकास्थित मातातिर्थमा कार्यक्रम गरिएको हो । आयुर्वेदको माध्यमबाट पर्यटन क्षेत्रलाई टेवा पुर्‍याउनको लागि यो कार्यक्रम सञ्चालनमा ल्याइएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जनाएको छ ।  आयुर्वेदका औषधिहरूले मालिस, बाफले सेक्ने …

पुरा पढ्नुहॊस »