प्रचण्डलाई विश्वप्रकाशको प्रश्न- धोका खाएकाहरू एकैठाउँ उभिए हालत के होला ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले एमाले र कांग्रेसले सहकार्य गरेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक भविष्यबारे प्रश्न उठाएका छन् ।

बुधबार संसदमा प्रधानमन्त्री प्रचण्डले पेश गरेको विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले एमालेले संवाद अगाडि बढाउने प्रस्ताव कांग्रेसले मानेको अवस्थामा प्रधानमन्त्रीको यात्रा कहाँ पुग्छ भन्दै प्रश्न गरेका हुन् ।

उनले भने- ‘कुरा नचल्ने भन्नुभो पूर्वप्रधानमन्त्री ज्यूले। तलबाट हाम्रो सभापतिले इशारा गरेर कुरा चल्ने हो भन्नुभो । कुरा नचल्नेहरूको कुरा चल्न सुरू भयो भने यहाँको यात्रा चाहीँ कतातिर चल्छ होला प्रधानमन्त्री ज्यू !’

यस्तोमा प्रचण्डबाट धोका खाएकाहरू एकैठाउँमा उभिन सक्ने शर्माले बताए । ‘धोका खाएकाहरू एकै ठाउँ आए भने राजनेतको हालत के होला ?’, उनले भने, ‘अहिले विश्वासको संकट भएका बेला एकै वर्ष तीन पटक विश्वासको मत लिनु हुँदैछ प्रधानमन्त्रीले । हामीले स्थिति बदलौँ भनेको तर तपाईंले गठबन्धन बदल्नु भयो ।’

आजैको संसदको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई एमालेसँग संवाद गर्न राखेको प्रस्ताव बारे बोल्दै महामन्त्री शर्माले प्रधानमन्त्रीलाई यस्तो चेतावनी दिएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस