Tag Archives: mainnews

काठमाडौंको थलीमा शव भेटियो, अनुसन्धानमा प्रहरी

काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरास्थित थलीमा एक पुरुषको शव फेला परेको छ । मंगलबार बिहान साढे पाँच बजे शंकास्पद अवस्थामा शव फेला परेको हो ।

पुरा पढ्नुहॊस »

यस्तो छ आजको संसद् बैठकको कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ, तर आफन्तको साथ र सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

गृहमन्त्री लामिछानेलाई कारबाही माग गर्दै धनराज गुरुङले दिए निवेदन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाहीको माग गर्दै सभामुख समक्ष निवेदन दिएका छन् । उनले ‘सत्य तथ्य नबोल्ने गृहमन्त्रीमाथि संसदको अवहेलनामा कारबाही गरी पाऊँ’ भन्दै सोमबार निवेदन दिएका हुन् । आइतबार प्रतिनिधिसभामा बोल्दै मन्त्री लामिछानेले रातो पासपोर्ट दुरुपयोगको प्रसङ्ग उठाएका थिए । सो प्रकरण गुरुङसँग सम्बन्धित छ । उनले निवेदनमा अदालतले गरेको फैसलामाथि अवहेलना गरेको, आम नागरिकमा भ्रम सिर्जना …

पुरा पढ्नुहॊस »

प्रचण्डलाई कांग्रेसको जवाफ- तपाईंलाई जंगलबाट राजनीतिमा कांग्रेसले ल्याएको हो

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सदनमा दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरेको छ । विश्वासको मत लिने क्रममा कांग्रेस सांसदहरुले वेल घेराउ गरेपछि प्रधानमन्त्री प्रचण्डले आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए । उनले कांग्रेसलाई ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए । प्रतिनिधिसभा बैठकपछि बसेको संसदीय दलको बैठकको निर्णय सुनाउँदै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीररुपले ध्यान आकृष्ट भएको बताएका छन् …

पुरा पढ्नुहॊस »

कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको यो कार्यकालमा उनले चौथौपटक विश्वासको मत प्राप्त गरेका हुन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको विरोध र नाराबाजीबीच प्रधानमन्त्री दाहालले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । बैठकमा अन्य विपक्षी दलहरुलेसमेत आशनबाट उभिएर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा प्रधानमन्त्री दाहालका पक्षमा एक सय …

पुरा पढ्नुहॊस »

रविलाई कांग्रेसले दियो चुनौती, प्रचण्डसँग यस्तो आग्रह

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएको छ । कांग्रेसले आइतबार संसदमा सम्बोधनका क्रममा महामन्त्री गगन थापासहितका नेताहरूमाथि लगाएको आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएको हो । कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई आरोप प्रमाणित गरेर देखाउन चुनौती दिँदै त्यसका लागि सरकारले निष्पक्ष छानबिन वा अनुसन्धान जे गर्ने भएपनि पार्टी तयार रहेको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले बताए । लामिछानेले प्रतिनिधिसभामा उठाएका विषयहरु …

पुरा पढ्नुहॊस »

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीसहित ९ जनाको मृत्यु

काठमाडौं । हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीसहित ९ जनाको मृत्यु भएको छ । आइतबार भएको दुर्घटनामा राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानसहित ९ जनाको मृत्यु भएको हो । दुर्घटनामा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मालेक रहमातीको पनि मृत्यु भएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा राष्ट्रपति सवार बेल-२१२ हेलिकप्टरको पछाडिको केही भागबाहेक सबै जलेको छ । अजरबैजानसँगको सीमा क्षेत्रमा बाँधको उद्घाटनपछि फर्किँदै गर्दा राष्ट्रपति रइसी सवार …

पुरा पढ्नुहॊस »

भ्रमपूर्ण विज्ञापनमा विज्ञापन बोर्डको ‘एक्सन’

काठमाडौं । विज्ञापन बोर्डले सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा भ्रमपूर्ण विज्ञापन हुने गरेको जनाएको छ । बोर्डले विभिन्न प्रकार र नामका चिया, तेल, स्याम्पो, औषधिजस्ता वस्तुले विभिन्न खालका रोग निको पार्ने तथा जुनसुकै स्वास्थ्य समस्या पनि समाधान गर्ने भन्दै चर्को मूल्य राखी बिक्रीवितरणका लागि भ्रमपूर्ण विज्ञापन प्रकाशन तथा प्रसारण गरेको अनुगमनका क्रममा पाइएको जनाएको छ । बोर्डका प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृत निशानराज गौतमद्वारा आइतबार जारी विज्ञप्तिअनुसार त्यस्ता विज्ञापनमा वस्तु वा …

पुरा पढ्नुहॊस »

चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदैछन् । आज बस्ने संघीय संसद् प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएका हुन् ।

पुरा पढ्नुहॊस »