Tag Archives: mainnews

बंगलादेशसँग २१ रनले स्तब्ध, जितविहीन रहँदै विश्वकपबाट फर्कियो नेपाल

काठमाडौं । नवौँ संस्करणको आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग नेपाल २१ रनले पराजित भएको छ । बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८८ रनमै अलआउट भयो । नेपालका लागि कुशल मल्लले ४० बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २७ रन बनाए । उनले दीपेन्द्र सिंह ऐरीसँग ५८ बलमा ५२ रनको साझेदारी गरे । ऐरीले २५ रन जोडे । आसिफ शेखले १७ …

पुरा पढ्नुहॊस »

आज मुस्लिम धर्मावलम्बीको महान् चाड बकर इद, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । …

पुरा पढ्नुहॊस »

प्रि-मनसुनकै प्रभाव, काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गए रातिदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार गण्डकी, बाग्मती र कोशी प्रदेशको केही ठाउँमा वर्षा भइरहेको हो । पूर्वको कोशीमा भित्रिएको मनसुन हिजो बेलुकादेखि बल्ल मधेस प्रदेशको पूर्वी भागमा पुगेकोले अन्य ठाउँमा अहिले भइरहेको वर्षा प्रि-मनसुनकै प्रभाव रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा भइरहेको वर्षा केहीबेरमा रोकिने र आज बेलुका फेरि पानी …

पुरा पढ्नुहॊस »

टी-२० विश्वकप : नेपालविरुद्ध बंगलादेश १०६ रनमा अलआउट

काठमाडौँ । बंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । जारी टी-२० विश्वकपको समूह डी अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा अल आउट हुँदै १०६ रन बनाएको हो । बंगलादेशका लागि शकिब अल हसनले सर्वाधिक १७ रन बनाए भने महमुदुल्लाह र रिशाद होसैनले १३-१३ रन बनाएका थिए । त्यस्तै जाकेर अलीले १२ र लिटन दासले १० रन बनाएका थिए । त्यस्तै यस खेलमा नेपाली बलरले शानदार …

पुरा पढ्नुहॊस »

‘वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई दिने क्षतिपूर्ति १० लाख पुर्‍याइने

काठमाडौं । श्रम तथा रोजगार मन्त्री डिपी अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति बढाउने तयारी गरिएका बताएका छन् । आइतबार श्रम मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सय दिनको उपलब्धि सुनाउँदै श्रम मन्त्री अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारलाई दिदै आएको क्षतिपूर्ति रकम ७ लाखबाट बढाएर १० लाख पुर्‍याउने तयारी भइरहेको जानकारी गराएका हुन् । उनले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनका उपलब्धि सुनाउँदै मन्त्रालयबाट तत्काल …

पुरा पढ्नुहॊस »

यी ७ इन्टरनेट कम्पनीको अनुमतिपत्र रद्द, ३० दिनभित्र बक्यौता बुझाउन निर्देशन (सूचीसहित)

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न सात अलग अलग इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुमतिपत्र (लाइसेन्स) रद्द गरेको छ । प्राधिकरणबाट इन्टरनेट तथा इमेलसहितको सेवा सञ्चालन गर्न अनुमति लिएका तर नवीकरण गर्न तोकिएको समयावधिभित्र दस्तुर नबुझाएपछि सात कम्पनीको लाइसेन्स स्वतः रद्द भएको प्राधिकरणले बताएको छ । प्राधिकरणले लाइसेन्स रद्द हुनुअघि सेवाप्रदायकले नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार तिर्न बाँकी रकमसमेत ३० दिनभित्र बुझाउन पनि निर्देशन दिएको छ लाइसेन्स रद्द भएका कम्पनीहरुमा वशिष्ठ …

पुरा पढ्नुहॊस »

कृषि सहकारीमा ९४ करोड २३ लाख अपचलन गर्ने अध्यक्ष र सञ्चालक पक्राउ, नम्बर र लोकेसन बदल्दै बस्थे

काठमाडौं । बचतकर्ताहरूको रकम अपचलन गरेको आरोपमा प्रहरीले कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना सञ्चालक र व्यवस्थापकहरूलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले पक्राउ पर्नेहरूमा वर्ष ४३ का तेजविक्रम थापा, वर्ष ४४ की सजना राजकर्णिकार, वर्ष ४७ का सञ्जय सापकोटा, वर्ष ५३ का भीमसेन …

पुरा पढ्नुहॊस »

चितवनमा हतियार देखाएर पसलबाट सुनचाँदी र नगद लुटपाट, चार जना पक्राउ

काठमाडौं । चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलबाट दुई जना व्यक्ति आएर करिब तीन किलो सुन, ३५ किलो चाँदी र २ लाख नगद लुटपाट गरेका हुन् । उनीहरुले पेस्तोल जस्तो वस्तु देखाएर सुनचाँदी र नगद लुटेर भागेको प्रहरीले जनाएको छ । लुटपाट गर्नेहरुले पसलमा रहेको सीसीटीभीको हार्डडिस्क पनि लगेका …

पुरा पढ्नुहॊस »

बजेटबारे इप्पानको धारणा- लाइसेन्स अवधिभरका लागि दिएका सुविधा बीचमै कटाउन पाइँदैन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले जलविद्युत आयोजनाको अनुमति दिंदा कायम सेवा र सर्तहरु अनुमतिपत्रको अवधिभर कायम हुनुपर्ने आवाज उठाएको छ । यहि जेठ १५ गते संसदमा प्रस्तुत बजेटबारे आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा इप्पानले विद्युत ऐन २०४९ ले दिएका सुविधाहरु कटाउने गरी आर्थिक वर्ष २०८०/८१ मा गरिएको परिवर्तनलाई आगामी आवको बजेटमा पनि निरन्तरता दिएको भन्दै यसलाई कुनै पनि हालतमा स्वीकार नगर्ने बताएको छ ।

पुरा पढ्नुहॊस »

मेयर बालेन शाहको चेतावनी- नगरसभामा कांग्रेस-एमालेको धङधङी बोकेर नआउनू

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले नगरसभा स्थगित भएपछि आक्रोश पोखेका छन् । नगरसभाको बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरूले बहिस्कार गरेपछि मेयर शाह आक्रोशित भएका हुन् । आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको बैठक बहिस्कार भएको छ । मेयर शाहले सामाजिक सञ्जालमार्फत ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको बताए । ‘काठमाडौँ महानगरको कुनै …

पुरा पढ्नुहॊस »