पार्टीले गरेका निर्णयलाई सबैले मानेर अगाडि बढ्नु पर्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा गठबन्धन गरिने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज बानेश्वरमा आयोजना गरेको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको क्षेत्रीय भेलामा बोल्दै उनले संविधानको रक्षाका लागि गठबन्धन जोगाउनु पर्ने बताए।

सिंहले पार्टीले गरेका निर्णयलाई सबैले मानेर अगाडि बढ्नुपर्ने धारणा राखे । पार्टीका नेताले पार्टीले गरेका निर्णयको विरुद्धमा बोल्दा समाजमा नकारात्मक भ्रम सृजना हुने भन्दै उनले यसप्रति सचेत रहन सबैलाई आग्रह गरे। नेता सिंहले देशको हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको भन्दै एमसीसीबारे जनताप्रति फैलाइएको नकारात्मक भ्रम चिर्न जरुरी रहेको उल्लेख गरे।

कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीको संगठन बलियो बनाउनका लागि सबै लाग्नुपर्ने बताए । यसपटक कांग्रेसको पक्षमा लहर आएको भन्दै उनले सबैले मिहेनत गर्नुपर्ने बेला आएको उल्लेख गरे।

कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले भ्रमको पक्षमा नलागी जनताको घरघरमा पुगेर कांग्रेसको पक्षमा भोट माग्न सबैलाई आग्रह गरे। सो अवसरमा विभिन्न पार्टी परित्याग गरि १५० जनाभन्दा बढी कांग्रेसमा प्रवेश गरेका थिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस