२२ जनामा कोरोना संक्रमण पुष्टि, ७५ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २२ जनामा काेरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ८३५ नमूना परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो।

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ७५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ हजार २२ जना सक्रिय संक्रमित रहेका छन्।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेहरुको संख्या ५९ हजार ५४३ रहेको पनि मन्त्रालयले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री