शनिबार रेल्वे सेवा सञ्चालनको औपचारिक उद्घाटन हुने

नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले शनिबार अपरान्ह १२:३० बजे रेल्वे सेवा सञ्चालनको औपचारिक उद्घाटन हुने जानकारी दिएका छन् । उनका अनुसार भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउसबाट संयुक्त झन्डोत्तलन गरेपछि जयनगरबाट रेल जनकपुरका लागि प्रस्थान गर्नेछ।

‘भोलि १२:३० बजेमा हामी जयनगर पुग्नेछौं, जयनगरमा रेलको सजावटको काम भइरहेको छ,’ महाप्रवन्धक झाले भने, ‘दिल्लीस्थित हैदारावाद हाउसबाट नेपाल र भारतका प्रधानमन्त्री दुवैले झन्डा हल्लाएर उद्घाटन गर्ने कार्यक्रम छ।’

उनका अनुसार उद्घाटन भएलगत्तै विद्यार्थीहरु बोकेर नेपाली रेल जनकपुरका लागि प्रस्थान गर्नेछ। कुर्थामा पुगेपछि नेपालतर्फको औपचारिक कार्यक्रम सुरु हुनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री