दक्षिण कोरियामा अध्यागमन ऐन उल्लंघन गर्ने १३ नेपाली पक्राउ

काठमाडौँ । दक्षिण कोरियामा अवैध रूपमा काम गर्दै आएका १३ नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लङ्घन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ परेका नेपालीहरूको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरूलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ ।

कृषि तथा माछापालन मौसमी कामदारको रूपमा प्रवेश गरेका चार जना ठेक्का अवधि नपुग्दै गैरकानुनी रूपमा अर्को ठाउँमा काम गरिरहेको अवस्थामा पक्राउ परेका छन् । यस्तै बसाइ अवधि सकिएका अन्य नौ जना पक्राउ परेका हुन् ।

उनीहरूमध्ये दुई जनाले दक्षिण कोरियाका प्रतिनिधिसँग मिलेर मौसमी कामदारको रूपमा प्रवेश गर्ने नेपालीलाई गैरकानुनी रूपमा रोजगारीमा लैजाने र मध्यस्थता गरिदिएबापत रकम असुल्ने गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री