बझाङको घट्टेखोलामा ट्याक्टर दुर्घटना : एकको मृत्यु, चालकसहित ६ जना घाइते

काठमाडाैँ । बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सुर्मा गाउँपालिका-२ रातोपडमा सडकमा काम गरेर घरतर्फ गइरहेको सु.प.प्र. ०२००१ त १३०८ नम्बरको ट्याक्टर बिहीबार राति करिब ८ बजेतिर घट्टेखोलामा दुर्घटना हुँदा २७ वर्षीय नरेश बोहराको मृत्यु भएको हो भने चालक विमल बोहरासहित ६ जना घाइते भएका हुन् ।

ट्याक्टरको स्टेरिङले काम नगर्दा सडकबाट करिब २० मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए । घाइतेको तत्काल उद्धार गरि जिल्ला अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस