काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारकाे कडा आलोचना गरेका छन् ।
संसद सेवा दिवसका अवसरमा काठमाडौँमा आयाेजित कार्यक्रममा बाेल्दै उनले सरकारले नेपाल आयल निगम व्यापारीलाई दिन खोजेको र किसानलाई मल दिन नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् ।
उनले भने, ‘फेरि पनि सुन्दै छु, आयल निगम व्यापारीलाई दिने रे । यो चलखेल हो, यहाँ करोडको कुरा छैन अर्बका कुरा छन् ।’ त्यस्तै, उनले सरकारले किसानलाई मल दिन नसकेको भन्दै नीतिगत भ्रष्टाचारका कारण किसानले मन नपाएकाे जिकिर गरे ।
प्रतिकृया दिनुहॊस