काठमाडौं । सर्वोच्च अदालतले विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरिदिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले पोखरेलको रिट खारेज गरेको हो । वरिष्ठताको आधारमा आफू प्रहरी प्रमुख हुनुपर्ने माग गर्दै एआईजी पोखरेल सर्वोच्च पुगेका थिए । सरकारको निर्णयमा असन्तुष्टि जनाउँदै उनी सर्वोच्च पुगेका थिए । योसँगै सरकारले नियुक्त गरेको आइजीपी नियुक्ति सदर भएको छ ।
पुरा पढ्नुहॊस »एमालेकाे आराेप- सरकारको एक वर्ष समयकाे बर्बादी मात्रै
काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले शेरबहादुर देउवा नेतृत्वकाे सरकारकाे एक वर्ष समयकाे बर्बादी मात्रै भएकाे बताएकाे छ । सरकारको एक वर्षे कार्यकालबारे पार्टीको धारणा सार्वजनिक गर्दै एमालेले भनेको छ- सरकारको नीति तथा कार्यक्रम, बजेट, संसद्मा प्रधानमन्त्रीले गरेको सम्बोधन र नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनलाई हेर्दा यो सरकारले एक वर्ष समयको बर्बादीमा मात्र गरेको छ । संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदृढीकरण, जनजीविका र राष्ट्रियताको …
पुरा पढ्नुहॊस »प्रधानमन्त्रीले भने- गभर्नरले राजीनामा दिनुपर्छ
काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । ‘प्रश्न उठिसकेपछि राजीनामा दिएर सहयाेग गर्नुपर्ने हाे, उहाँले दिनुहुन्छ हाेला र दिनुपर्छ पनि,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भनेका छन् । अहिले सत्तारुढ गठबन्धनकाे बैठक बसिरहेकाे छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसिरहेकाे बैठकमा गठबन्धनका नेताहरूबीच गभर्नरमाथि उठेकाे प्रश्नबारे कुरा झिकेका थिए । त्यसक्रममा प्रधानमन्त्री देउवाले यस्ताे बताएका हुन् । एमालेले अर्थ …
पुरा पढ्नुहॊस »नेपाल विद्युत प्राधिकरणले डेढ महिनामा भारतलाई बेच्यो दुई अर्ब १५ करोडको बिजुली
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेढ महिनामा दुई अर्ब १५ करोड रूपैयाँको बिजुली भारतलाई बेचेको छ । प्राधिकरणले भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा सो रकम बराबरको बिजुली बेचेको हो । प्राधिकरणले गत जेठ १९ गतेदेखि भारत बिजुली निर्यात गर्न थालेको थियो । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर क्षेत्रीले प्राधिकरणले दैनिक ७ हजार मेगावाट आवर बिजुली भारत निर्यात गर्दै आइरहेको जानकारी दिएका छन् । ‘प्राधिकरणले जेठ १९ यता दुई …
पुरा पढ्नुहॊस »पावर हाउस भासिँदा गोरकले गुमाए श्रीमती र दुई छोरा
काठमाडौँ । जुम्लामा जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । जिल्लाको हिमा गाउँपालिका–१ आचार्यलिहीमा अवस्थित भित्री खोला जलविद्युतको पावर हाउस भासिँदा तीन जनाको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँकाअनुसार राती २ बजेतिर पानी ओभरफ्लो भएर घर भासिँदा दुर्घटना भएको हो । घटनामा परी मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत …
पुरा पढ्नुहॊस »आज प्रतिनिधि सभाका दुई बैठक, यस्तो छ कार्यसूची
काठमाडाैँ । शुक्रबार प्रतिनिधि सभाका दुई बैठक बस्ने भएका छन् । पहिलो बैठक दिउँसो १ बजे र दोस्रो बैठक ३ बजे बस्ने संयीय संसद् सचिवालयले जानकारी दिएको हो । पहिलो बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल जारी रहनेछ । यस्तै सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । दोस्रो …
पुरा पढ्नुहॊस »उपसभामुखको निर्वाचन आज, भुसाल र भट्टराई प्रतिस्पर्धामा
काठमाडौँ । प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको निर्वाचन आज हुँदैछ । उपसभामुख छान्न दिउँसो ३ बजे मतदान हुने भएको हो । जसमा सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० की सांसद विद्या भट्टराईले उपसभामुख पदका लागि उम्मेदवारी दिएका छन् । भट्टराई प्रतिनिधि सभा उपनिर्वाचनमा कास्की-२ बाट निर्वाचित एमाले सांसद हुन् । उनले शान्ता चौधरीको प्रस्ताव र कृष्णभक्त पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गराएकी छन् । कांग्रेस सचेतकसमेत रहेकी …
पुरा पढ्नुहॊस »प्रचण्ड आज भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका
काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाँदैछन् । उनी भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जे पी नड्डाको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन् । भारतमा रहँदा प्रचण्डले भाजपा अध्यक्ष जेपी नड्डासँग भाजपा मुख्यालयमै भेटवार्ता गर्नेछन् । यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसहित शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ । तीन दिने भारत भ्रमणको क्रममा प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच …
पुरा पढ्नुहॊस »डलरको भाउ हालसम्मकै महँगो, कति छ आज विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै अमेरिकी एक डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ । युरो एकको खरिद दर १२७ …
पुरा पढ्नुहॊस »गभर्नरविरुद्ध अख्तियारमा उजुरी
काठमाडाैँ । गभर्नर महाप्रसाद अधिकारीविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगमा उजुरी परेकाे छ । नेकपा माओवादी केन्द्र निकट संगठन वाइसिएलले गभर्नर अधिकारीविरुद्ध अख्तियारमा उजुरी दिएकाे हाे । बिहीबार वाइसिएलका नेताहरू अख्तियारकाे केन्द्रीय कार्यालय टंगाल पुगेर उजुरी दिएका हुन् । शैक्षिक योग्यता ढाँटेर राष्ट्रसेवक भई भ्रष्टाचार गरेको भन्दै वाइसिएलले उनीविरूद्ध उजुरी गरेको हो ।
पुरा पढ्नुहॊस »