काठमाडाैँ । शुक्रबार प्रतिनिधि सभाका दुई बैठक बस्ने भएका छन् । पहिलो बैठक दिउँसो १ बजे र दोस्रो बैठक ३ बजे बस्ने संयीय संसद् सचिवालयले जानकारी दिएको हो ।
पहिलो बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल जारी रहनेछ । यस्तै सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
दोस्रो बैठकमा उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाइनेछ । जसमा सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद विद्या भट्टराईले उपसभामुख पदका लागि उम्मेदवारी दिएका छन् ।

तपाईंको प्रतिकृया




