पावर हाउस भासिँदा गोरकले गुमाए श्रीमती र दुई छोरा

काठमाडौँ । जुम्लामा जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । जिल्लाको हिमा गाउँपालिका–१ आचार्यलिहीमा अवस्थित भित्री खोला जलविद्युतको पावर हाउस भासिँदा तीन जनाको मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँकाअनुसार राती २ बजेतिर पानी ओभरफ्लो भएर घर भासिँदा दुर्घटना भएको हो । घटनामा परी मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका छन् । हाउसका चौकीदार गोरक बहादुर रावतका श्रीमती र दुईवटा छोराको घटनास्थलमै मृत्यु भएको हो ।

उनीहरू तीनै जना आयोजनाको पावर हाउस भित्र सुतिरहेका थिए । प्रहरी राती नै घटनास्थलमा पुगेको प्रजिअ प्रसाईँले जानकारी दिइन् । शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह …

प्रतिकृया दिनुहॊस

This will auto close after