प्रधानमन्त्रीले भने- गभर्नरले राजीनामा दिनुपर्छ

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । ‘प्रश्न उठिसकेपछि राजीनामा दिएर सहयाेग गर्नुपर्ने हाे, उहाँले दिनुहुन्छ हाेला र दिनुपर्छ पनि,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भनेका छन् ।

अहिले सत्तारुढ गठबन्धनकाे बैठक बसिरहेकाे छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसिरहेकाे बैठकमा गठबन्धनका नेताहरूबीच गभर्नरमाथि उठेकाे प्रश्नबारे कुरा झिकेका थिए । त्यसक्रममा प्रधानमन्त्री देउवाले यस्ताे बताएका हुन् ।

एमालेले अर्थ तथा याेजना समितिमा गभर्नर अधिकारीकाे नाम भेटिएकाे भन्दै अहिले तीव्र आलाेचना भइरहेकाे छ । याे विषयमा शुक्रबार पनि गठबन्धनका नेताहरूबीच कुराकानी भएकाे थियाे । ती नेताले भने, ‘आजकाे बैठकमा पनि हामीले कुरा उठाएका थियाैँ । त्यसक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे ।’

एमालेकाे उक्त समितिमा भने एम अधिकारी नाम राखिएकाे छ । गभर्नर अधिकारी २०७३ सालमा एमालेकाे साेही समितिका सदस्य थिए । खाेटाङ ठेगाना भएका एम अधिकारी उनै गभर्नर अधिकारी हुन् भन्ने कुरा तीव्ररूपमा उठिरहेकाे छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेकपा एसको अध्यक्षमा घनश्यामको दाबी, झलनाथको समर्थन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिने भएका छन् । सम्मानित नेता …

प्रतिकृया दिनुहॊस