
सिन्धुपाल्चोक, सोलुखुम्बु, दोलखा, प्युठानलगायतका ठाउँमा ठूलो पानी परेकाले यी जिल्ला र आसपासको क्षेत्र भएर बग्ने नदी तथा खोलामा पानीको सतह बढिरहेकाले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।

सिन्धुपाल्चोक र आसपास भएर बग्ने गुम्थाङ, धाप, नकोटे नदी, प्युठान र आसपास भएर बग्ने लुङ्गरी, खुङ्गरी खोला, दोलखा र आसपासको क्षेत्र भएर बग्ने तामाकोशी, गोगर जगत र सोलुखुम्बु भएर बग्ने सोलु खोलालगायतका नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले यी नदी तथा खोलामा बिहान १० बजेसम्म नै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै भिरालो जमिन आसपास बस्ने नागरिकलाई पनि आवश्यक सतर्कता अपनाउन महाशाखाले सूचनामार्फत आग्रह गरेको छ ।

तपाईंको प्रतिकृया




