काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारुढ पाँचदलीय गठबन्धनले एकसाथ चुनावमा जाने सहमति गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा चुनावमा तालेमल गरेर जाने सहमति गरेका हुन् ।
प्रतिनिधिसभामाका १६५ र प्रदेश सभामा ३३० सिट सबैमा तालमेल गर्ने वा सिमित क्षेत्रमा तालमेल गर्ने भन्ने विषय भने नटुंगिएको एक नेताले खरीबोटलाई बताए । तालमेलको मोडालिटी बनाउन ९ सदस्यीय कार्यदल समेत बनाइएको बताइएको छ ।
प्रतिकृया दिनुहॊस