Tag Archives: mainnews

समानुपातिक उम्मेदवार छान्ने कांग्रेसले तोक्यो चार मापदण्ड, के-के छन् ?

काठमाडौँ । समानुपातिक उम्मेदवार छान्ने कांग्रेसले चार मापदण्ड तोकेको छ । नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो । बैठकमा संसदीय समितिमा सदस्य नरहेका नेता शेखर कोइरालासहित केन्द्रीय सदस्यहरूलाई समेत आमन्त्रण गरिएको थियो । बैठकले समानुपातिकतर्फ उम्मेदवार चयनका चार मापदण्ड तोक्ने निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए । चार …

पुरा पढ्नुहॊस »

सेयर बजारमा उछाल, ४७ अंकले बजार बढ्दा झण्डै डेढ अर्बको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से करिब साढे २ प्रतिशतले वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से ४७.४४ अंकले वृद्धि हुँदा १९८१.४८ अंकमा बन्द भएको छ । गत साताबाट लगातार ६ कारोबरा दिनसम्म घटेर करिब १९०० को बिन्दु नजिक झरेको नेप्से २८ भदौ मंगलबारबाट भने सुधार भएको छ । नेप्से २८ भदौ मंगलबार दोहोरो अंकले वृद्धि हुँदा आज लगातार दोस्रो दिन पनि हरियाली छाएको …

पुरा पढ्नुहॊस »

जबराले नाम लिएकाहरूलाई बोलाउँदै महाअभियोग सिफारिस समिति

काठमाडौँ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले नाम लिएकाहरूलाई बोलाउने भएको छ । भर्खरै सम्पन्न सिफारिस समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिका जेष्ठ सदस्य रामबहादुर विष्टले उनीहरूलाई पत्राचार गरिने भएको छ । ‘चोलेन्द्रले नाम लिएका पूर्व न्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूलाई बैठकमा बोलाउँछौँ,’ उनले भने, ‘ज-जसको नाम आएको छ उनीहरूलाई बोलाउने बैठकले निर्णय गर्‍यो । उनीहरूलाई पत्राचार गर्दैछौँ ।’ बहालवाला न्यायाधीशलाई …

पुरा पढ्नुहॊस »

भीभीआईपी सवारीले चौतर्फी सास्ती

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन् । राष्ट्रपतिसँग अपराह्न ४ बजे शीतल निवासमा भेट्ने कार्यक्रम तय भएको हो । त्यसअघि अध्यक्ष लीले भक्तपुर दरबार स्क्वायरको अवलोकन गर्नेछन् । उनले भक्तपुरमा करिब एक घण्टा बिताउने तय भएको छ । मंगलबार उनले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गरेका …

पुरा पढ्नुहॊस »

जापानका लागि उडेको वाइडबडी काठमाडौँ फर्कियो

काठमाडौं । जापानका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमान काठमाडौँमै फर्किएको छ । १ सय ८४ यात्रु बोकेर नारितातर्फ उडेको विमान कार्गो सामान राखिने कम्पार्टमेन्टमा धुवाँ देखिएपछि काठमाडौँमै फर्काइएको हो । निगम स्रोतकाअनुसार मंगलबार राति ११ बजे नारिताका लागि उडेको आरए ४३३ उडान नम्बरको उडान काठमाडौँ विमानस्थल छाडेको आधा घण्टामै फर्किएको थियो । कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको ककपिटमा संकेत देखिएपछि चालकदलले जहाज काठमाडौँ नै फर्काएका हुन् । प्राविधिकहरूले विमानमा …

पुरा पढ्नुहॊस »

जबरालाई पूरक प्रश्न सोध्नेबारे निर्णय लिन महाभियोग सिफारिस समितिको बैठक

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आज पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निणर्य लिन महाभियोग सिफारिस समितिको बैठक बोलाइएको छ । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिने क्रम सकिएपछि पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निणर्य लिन आज पुनः बैठक बोलाइएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिएका छन् । ‘अहिलेसम्म बयानका क्रममा उहाँले उल्लेख गर्नु भएको कुराहरूलाई रेकर्डमा उतार्छौं । त्यसको आधारमा पूरक प्रश्नका लागि उहाँलाई …

पुरा पढ्नुहॊस »

निर्वाचन आयोगले बोलायो १२ दलका प्रतिनिधि

काठमाडौँ । निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ । आम निर्वाचनको आचारसंहीता लागू गर्ने लगायतका समसामयिक विषमा छलफल गर्न आयोगले आज मध्याह्न १२ बजे १२ दलका प्रतिनिधिलाई बोलाएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार आयोगले असोज १ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ । त्यसका लागि दलहरुको प्रतिवद्धताका लागि निर्वाचन आयोगले बोलाएको हो ।

पुरा पढ्नुहॊस »

राष्ट्रपति भण्डारीबाट नागरिकताबाहेक ५ विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदको दुबै सदनको बैठकबाट पारित भएका विधेयकहरुलाई राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११३ को उपधारा २ बमोजिम भण्डारीले तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् । यस्तै स्टाण्डर्ड नाम र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने …

पुरा पढ्नुहॊस »

नेपालमा ५५ देशको दुई खर्ब २८ अर्ब प्रत्यक्ष लगानी, कुन क्षेत्रमा कति ?

काठमाडौं । नेपालमा संसारका विभिन्न ५५ देशको रु दुई खर्ब २७ अर्ब ९५ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा कूल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४ दशमलव आठ प्रतिशतले वृद्धि भएको हो । कूल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३ दशमलव नौ प्रतिशत, सञ्चितिको ३१ दशमलव छ प्रतिशत र कर्जाको …

पुरा पढ्नुहॊस »

चाेलेन्द्रसँग समितिले लियो ४३ वटा प्रश्नमा आधारित बयान

काठमाडौँ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सोध्न तयार पारेका ४३ वटै प्रश्न सोधेको छ । समितिले आइतबारसम्म ३५ वटा प्रश्न सोधेकोमा मंगलबारको बयानका क्रममा बाँकी रहेका ८ प्रश्न पनि सोधेको छ । समितिले भदौ १५, १६ र १९ मा बयान लिएको थियो । समितिले अबको क्रममा जबरासँग प्रतिप्रश्न गर्नेछ । यद्यपि यससम्बन्धमा समितिको आगामी बैठकले निर्णय लिनेछ । अबको प्रक्रियाबारे थप निर्णय गर्न समितिको बैठक बुधवार बिहान …

पुरा पढ्नुहॊस »