जबराले नाम लिएकाहरूलाई बोलाउँदै महाअभियोग सिफारिस समिति

काठमाडौँ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले नाम लिएकाहरूलाई बोलाउने भएको छ । भर्खरै सम्पन्न सिफारिस समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

समितिका जेष्ठ सदस्य रामबहादुर विष्टले उनीहरूलाई पत्राचार गरिने भएको छ । ‘चोलेन्द्रले नाम लिएका पूर्व न्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूलाई बैठकमा बोलाउँछौँ,’ उनले भने, ‘ज-जसको नाम आएको छ उनीहरूलाई बोलाउने बैठकले निर्णय गर्‍यो । उनीहरूलाई पत्राचार गर्दैछौँ ।’

बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको समितिले राजनीतिक दलका नेतालाई भने बोलाउने छैन ।  जेष्ठ सदस्य विष्टकाअनुसार महाअभियोग सिफारिस समितिको बैठक भोलि पनि बस्ने छ । तर समय भने तय हुन बाँकी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकारको पेसागत तथा भौतिक सुरक्षाका सवालमा सरकारले कसैसँग सम्झौता गर्ने छैन : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण …

प्रतिकृया दिनुहॊस