काठमाडौँ । सरकारले १० वटा निर्माण कम्पनीलाई डेढ वर्षसम्म कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सूचना प्रकाशन गर्दै कालोसूचीमा पर्ने १० वटा कम्पनी र ठेकेदारको नाम सार्वजनिक गरेको हो । विभिन्न सरकारी सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम मन्त्रीपरिषद् कार्यालयको २०७९ भदौ २६ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) कालोसूचीमा राखेको कार्यालयले जनाएको छ । यो अवधिभर यी कम्पनीहरूले सार्वजनिक निकायको कुनै पनि …
पुरा पढ्नुहॊस »सत्ता गठबन्धनमा सिट बाँडफाँड टुङ्ग्याउन सकस
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । आइतबारको बैठक निष्कर्षविहीन बनेपछि आज बैठक बस्न लागेको हो । बैठक अहिले बिहान ८ बजेपछि लागि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ । आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट फाँडफाँटको टुंगो लगाउन सकस परेको छ । आइतबार बसेको बैठक पनि बिनानिष्कर्ष टुंगिएको थियो । आज बस्ने शीर्ष नेताहरूको बैठकबाट सिट बाँडफाँटका विषयमा सहमति जुटाउने प्रयास गरिने …
पुरा पढ्नुहॊस »चिनियाँ जनकंग्रेस अध्यक्ष ली आउँदै, यस्तो छ भेटघाट तालिका
काठमाडौँ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका तयारी चलिरहेका बेला चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु सय जनाको जम्बो टोलीसहित आज अपराह्न काठमाडौं आउँदै छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र लीको भ्रमणमा सरकारले सुरक्षाको विशेष व्यवस्था मिलाएको छ । चीनका राष्ट्रपति सीले सीपीसीको २० औं जनकंग्रेसअघि लीलाई नेपाल भ्रमणमा पठाएका हुन् । उनी रुस, मंगोलिया हुँदै नेपाल आउने र नेपालबाट दक्षिण कोरिया हुँदै चीन फर्कने …
पुरा पढ्नुहॊस »मध्यमदेखि भारी वर्षाको सम्भावना ?
काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको मौसमविद्ले बताएका छन् । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका …
पुरा पढ्नुहॊस »चोलेन्द्र शमशेर जबराको बयानले नै अभियोग पुष्टि गरिरहेकाे छ : मीन विश्वकर्मा
काठमाडौं । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले चौथो पटक आइतबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिएको छ ।सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यालयमा आइतबार उनको बयान लिइएको हो । गत १ फागुनमा जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । संसदले गठन गरेको समितिले आइतबार जबरासँग भ्रष्टाचार, अनियमिततासहितका २४ वटा प्रश्न गरेको छ । समिति सदस्यहरुले अदालतमा भएका भ्रष्टाचार, अनियमितताका विषयमा प्रश्न गरेका समिति सदस्य मीन विश्वकर्माले …
पुरा पढ्नुहॊस »नेपाल राष्ट्र बैंकले साट्न थाल्यो दशैंका लागि नयाँ नोट
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारदेखि दशैँ का लागि नयाँ नोट वितरण शुरु गरेको छ । केन्द्रीय बैंकले बालुवाटारस्थिति मुख्यालयबाट नयाँ नोट वितरण सुरु गरेको जनाएको छ । यसअघि केन्द्रीय बैंकले सर्वसाधारणलाई भदौ २९ गते देखि नयाँ नोट वितरण गर्ने बताए पनि २६ भदौबाटै नयाँ नोट वितरण सुरु गरिएको बैंकले जनाएको छ । आइतबार नयाँ नोट साट्न केन्द्रीय बैंक बालुवाटारमा सर्वसाधारणको लाइन लागेको थियो । यसपालि एक व्यक्तिले ५ देखि १०० …
पुरा पढ्नुहॊस »भाटभटेनीमा महानगर, बेसमेन्टमा रहेको संरचना हटाउँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाले भाटभटेनीको बेसमेन्ट पनि हटाउने भएको छ । काठमाडौं महानगरपालिका–३२ मा रहेको भाटभटेनीमा महानगरले बेसमेन्टमा रहेको संरचना हटाउन सुरु गरेको जानकारी प्राप्त भएकाे छ । बेसमेन्टमा रहेको संरचना हटाउनका लागि महानगरले डोजरसँगै लिएर गएको छ । भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा पार्किङ प्रयोजनका लागि नक्सा पास भएकाे भएता पनि अर्को प्रयोजन भएको पाइएकोले बेसमेन्टमा रहेका संरचना हटाउन लागेको बताइएको छ ।
पुरा पढ्नुहॊस »निलम्बित प्रधानन्यायाधीश जबराको बयान सुरु
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आजको बयान सुरु भएको छ ।आफूमाथि लागेको महाभियोगबारे बयान दिन निलम्बित प्रधानन्यायाधीश जबरा साढे १२ बजे सिंहदरबार पुगेका थिए। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको वताएकाे छ। समितिले भदौ १५ र १६ र १९ मा जबरासँग बयान लिएको थियो । जबरामाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको वताएकाे छ। बयानका लागि ४३ वटा प्रश्न तयार पारिएका छन्। जसमध्ये हालसम्म ११ वटा …
पुरा पढ्नुहॊस »दार्चुलाको बंगाबगडमा फेरि कटान सुरु
दार्चुला । दार्चुलामा गयराती वर्षा भएर कटान फेरी सुरु भएको छ। महाकाली नदीको वहाव नेपालतर्फ आएको र लास्कु खोलामा बाढी आउने क्रम नरोकिएकोले बंगाबगड क्षेत्रमा पुन कटान सुरु भएको हो। बंगाबगडका केही घरहरु जोखिममा रहेका छन् । नदीको वहाव नेपालतर्फ भएकोले दार्चुला सदरमुकाम खलंगा बजार जोखिममा छ । यद्धपी महाकाली किनारको पक्की तटबन्धका कारण अहिलेसम्म ठूलो क्षति हुनबाट जोगिएको छ ।
पुरा पढ्नुहॊस »दार्चुलामा बाढी/पहिरो : दुई जना शव भेटियो, पाँच बेपत्ता
काठमाडाैँ । शुक्रबार रातिबाट परेको अविरल वर्षाले दार्चुलामा ठूलो जनधनको क्षति गरेको छ । नौगाड गाउँपालिकामा पहिरोमा परि एक महिलाको मृत्यु भएको छ । नौगाड गाउँपालिका-१ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाकाे पनि मृत्यु भएको छ । मृतक बालिकाको शव पुरिएको अवस्थामा फेला परेको छ । राति …
पुरा पढ्नुहॊस »