काठमाडौँ । महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको अन्तिम बयान जारी छ । शनिबार बिहान ९ बजेदेखि संसद् सचिवालय सिंहदरबारमा जारी बैठक महाभियोग सिफारिस समितिको बैठकले बयान लिन शुरु गरेको हो । यसअघि ४३ वटा प्रश्नमाथि बयान दिएका जबराले सो बयानको लिखतमा हस्ताक्षर गरिरहेका छन् । शुक्रबार उनले बयानको ६५ पेजमा हस्ताक्षर गरेका थिए भने आज बाँकी १ सय ९ पेज बयानको वाचन सुन्दै हस्ताक्षर गरिरहेका छन् । समितिका …
पुरा पढ्नुहॊस »दसैँको अग्रिम टिकट बुकिङ खुल्यो, कहाँको भाडा कति ? (सूचीसहित)
काठमाडौँ । दसैँ-तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै आजदेखि लामो तथा मध्यम दूरीका यात्रुवाहक बसको अग्रिम टिकट बुकिङ खुलेकाे छ । यातायात व्यवसायीहरूको संस्था राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार अग्रिम टिकट बुकिङ खुलेकाे हाे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक विभाग र यातायात व्यवसायीहरूको यही भदौ २२ गतेको बैठकले असोज १ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ गर्ने निर्णय गरेको थियो । नयाँ बसपार्कमा धेरै गाडी …
पुरा पढ्नुहॊस »बाबुराम निवासमा प्रचण्डको डिनर मिटिङ (तस्बिरहरू)
काठमाडाैँ । आगामी निर्वाचनमा गोरखा- २ बाट उम्मेदवार बन्न लागेका भट्टराईले माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हसियाँ हथौडाबाट प्रतिस्पर्धी बन्दैछन् । चुनावपछि दुई पार्टीबीच एकताको सम्भावना पनि बढ्दै गएका छन् । अध्यक्ष प्रचण्ड भट्टराई निवासमा साँझ डिनरका लागि पुगेका हुन् ।
पुरा पढ्नुहॊस »डेंगुबाट हालसम्म १३ जनाकाे मृत्यु, कहाँ कति बिरामी ?
काठमाडाैँ । नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगु संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १३ पुगेको हो । शुक्रबारको तथ्यांक अनुसार डेंगीका बिरामीको संख्या १३ हजार ७ पुगेको छ ।
पुरा पढ्नुहॊस »आज विश्वकर्मा पूजा एवं वास्तु दिवस
काठमाडौँ । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी शनिबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ …
पुरा पढ्नुहॊस »दसैं टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा
काठमाडौं । यस वर्ष विजयादशमी (दशैंको टीका) को साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका …
पुरा पढ्नुहॊस »बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा घट्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.०५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १.२ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ११.८ प्रतिशतले बढेको छ । २०७९ साउन महिनामा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.०१ प्रतिशतले बढेको …
पुरा पढ्नुहॊस »डेंगु फैलिएपछि काठमाडौं महानगरले शुरु गर्यो हटलाइन सेवा, निःशुल्क एम्बुलेन्स
काठमाडौं । डेंगु फैलिएपछि काठमाडौं महानगरपालिकाले हटलाइन सेवा शुरु गरेको छ । महानगरका मेयर बालेन्द्र शाहका अनुसार डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन शुरु भएको हो । डेंगु संक्रमित भए वा भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीबाट नै परामर्श लिन सकिने छ । आवश्यक परे १०२ मा फोन गरेर महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन सकिनेछ । ‘डेंगु जसरी समुदायमा फैलाएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना …
पुरा पढ्नुहॊस »निःशुल्क इ-सिम दिँदै टेलिकम, क-कसले पाउँछन् ?
काठमाडौँ । नेपाल टेलिकमले आजदेखि कम्पनीका ग्राहकलाई इ-सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ-सिम वितरण गर्ने भएको हो । इ-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । हाल ‘फिजिकल’ सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ-सिममा परिवर्तन गर्न सकिने छ । नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा …
पुरा पढ्नुहॊस »बालेनले ‘टुकुचा खोला’ भेटेपछि चौतर्फी प्रशंसा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नक्साअनुसार गरेको मार्किङका आधारमा उत्खनन गर्दा टुकुचा खोला भेटिएपछि प्रशंसा भएको छ । मेयर बालेन शाहले थालेको अभियानअन्तर्गत राजनीतिक दलका नेतादेखि आम नागरिकबाट प्रशंसा भएको हो । मेयर शाहको कामलाई धेरैले स्वागतयोग्य भनेका छन् । नागरिकको साथ भएका मेयरले टुकुचा खोला भेटेपछि शीर्ष नेता र नागरिक अगुवाहरुको पनि साथ भएका छन् । उत्खनन गर्दै जाँदा जय नेपाल हलको कम्पाउन्डमा १५ फिट खन्नेबित्तिकै टुकुचा खोला भेटिएको हो …
पुरा पढ्नुहॊस »