काठमाडौँ । नेपाल टेलिकमले आजदेखि कम्पनीका ग्राहकलाई इ-सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ-सिम वितरण गर्ने भएको हो । इ-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । हाल ‘फिजिकल’ सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ-सिममा परिवर्तन गर्न सकिने छ । नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा …
पुरा पढ्नुहॊस »बालेनले ‘टुकुचा खोला’ भेटेपछि चौतर्फी प्रशंसा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नक्साअनुसार गरेको मार्किङका आधारमा उत्खनन गर्दा टुकुचा खोला भेटिएपछि प्रशंसा भएको छ । मेयर बालेन शाहले थालेको अभियानअन्तर्गत राजनीतिक दलका नेतादेखि आम नागरिकबाट प्रशंसा भएको हो । मेयर शाहको कामलाई धेरैले स्वागतयोग्य भनेका छन् । नागरिकको साथ भएका मेयरले टुकुचा खोला भेटेपछि शीर्ष नेता र नागरिक अगुवाहरुको पनि साथ भएका छन् । उत्खनन गर्दै जाँदा जय नेपाल हलको कम्पाउन्डमा १५ फिट खन्नेबित्तिकै टुकुचा खोला भेटिएको हो …
पुरा पढ्नुहॊस »लालपुर्जा वितरण रोक्न भूमि आयोगलाई निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वच्छता र निष्पक्षताका लागि भन्दै निर्वाचन आयोगले भूमि आयोग र मातहतका निकायबाट हुने लालपुर्जा वितरणको काम चुनाव नसकिएसम्म बन्द गर्न निर्देशन दिएको हो । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले निकालेको विज्ञप्तिमा जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण …
पुरा पढ्नुहॊस »जबरालाई आज पूरक प्रश्न सोधिँदै, सम्पत्ति विवरण पनि झिकाइयो
काठमाडौं । संसदीय महाभियोग सिफारिस समितिले आज पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग पुरक बयान लिने भएको छ । समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठबकमा जबरासँग सोधपुछ गर्न लागिएको हो । समितिले आज बयानको कामलाई सकाउने तयारी गरेको छ । बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसावीयले समितिलाई जवाफ दिएका थिए । जबराको बयानमा जोडिएका कानुन …
पुरा पढ्नुहॊस »आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना
काठमाडौं । देशभर आजको मौसममा सामान्यतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू भारीदेखि धेरै अति भारी वर्षाको पनि …
पुरा पढ्नुहॊस »२० प्रतिशतले बढ्यो रेमिट्यान्स, साउनमा भित्रियो ९२ अर्ब २१ करोड
काठमाडाैँ । चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाहमा २० दशमलव तीन प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पहिलो महिनामा रु ९२ अर्ब २१ करोड बराबरको विप्रेषण आप्रवाह भएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव चार प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु ७२ करोड ४० लाख पुगेको छ । …
पुरा पढ्नुहॊस »‘अग्निपथ’ बारे तत्काल निर्णय हुने सम्भावना छैन : परराष्ट्र मन्त्रालय
काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना ‘अग्निपथ’ का विषयमा तत्काल नेपालका तर्फबाट कुनै पनि निणर्य नहुने स्पष्ट पारेको छ । बिहीबारसिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी हुन् । अहिले सरकार पूर्ण रूपमा निर्वाचनको तयारीमा लागेको र यस विषयमा राष्ट्रिय सहमति समेत आवश्यकता पर्ने भएको हुँदा अहिले निणर्य नहुने उनको भनाइ छ । ‘नेपाल सरकारको निणर्य भनेको …
पुरा पढ्नुहॊस »कक्षा १ देखि १२ सम्मको शैक्षिकपात्रो प्रकाशन गर्ने सरकारकाे तयारी
काठमाडाैँ । सरकारले कक्षा १ देखि १२ सम्मको शैक्षिकपात्रो (क्यालेण्डर) प्रकाशन गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डमार्फत सो क्यालेण्डर प्रकाशन गराउन लागेको हो । कुन तहमा कहिले भर्ना हुन्छ, पढाइ कहिलेसम्म हुन्छ, परीक्षा र परीक्षाफल प्रकाशन कहिले हुन्छ भन्ने विषय समेटेर केही दिनभित्रै विद्यालय तहको शैक्षिक क्यालेण्डर सार्वजनिक हुन लागेको हो । गत वर्षको कक्षा १२ को परीक्षाफल प्रकाशनमा ढिलाइ भएको थियो भने …
पुरा पढ्नुहॊस »असोजमा निक्षेपको ब्याजदर १२.१३ प्रतिशत पुग्ने
काठमाडौं । नेपाल बैंकर्स संघले भद्र सहमति खारेज गर्ने निर्णय गरेको छ । बिहीबार बसेको संघको कार्यसमिति बैठकले ब्याजदरमा भइरहेको भद्र सहमति खारेज गर्ने निर्णय गरेको हो । संघको यो निर्णयसँगै असोजका लागि बैंकहरूको ब्याजदर बढ्ने देखिएको छ । संघले अबदेखि बैंकलाई नै ब्याजदर निर्धारण गर्न दिने निर्णय गरेको छ। राष्ट्र बैंकले ब्याजदर बढाउन स्पष्ट निर्देशन दिँदा पनि बैंकहरूले ब्याजदर नबढाउने भद्र सहमति गरेका थिए । देशको आर्थिक अवस्थामा सीधै …
पुरा पढ्नुहॊस »जनताले माओवादीले देश चलाओस् भन्ने चाहेका छन् : प्रचण्ड
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन् । आज (बिहीबार) पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरे । उनले नेकपा माओवादीलाई नै जनताले देशको चाबी सुम्पिन चाहेको स्पष्ट भएको बताए । अध्यक्ष प्रचण्डले स्थानीय तहको …
पुरा पढ्नुहॊस »