Tag Archives: mainnews

राष्ट्रपतिले संविधानका सीमामा रहेर काम गर्नुपर्छ, नागरिकता विधेयक प्रमाणीकरण हुन्छ : पूर्वराष्ट्रपति

काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले सङ्घीय संसद्बाट पुनः पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त गरेको बताएका छन् । उक्त विधेयकबारे राखिएको जिज्ञासामा पूर्वराष्ट्रपति डा यादवले भने, “संविधानको अधिकार र परिधिभित्र रही राष्ट्रपतिबाट नागरिकता विधेयकलाई स्वीकार गरी यथाशीघ्र निकास दिनु नै उत्तम हुन्छ । यसरी नै यस विषयले निकास पाउँछ भन्नेमा म विश्वस्त छु ।” नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न …

पुरा पढ्नुहॊस »

चिनियाँ नेता ली र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा आएका चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ । केही बेरअघि  भएकाे भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको हो । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार काठमाडौँ आइपुगेका हुन् । सोही दिन सभामुख सापकोटा र अध्यक्ष लीले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए …

पुरा पढ्नुहॊस »

प्रहरीले भन्यो- ‘बालबालिका चोरी भएको छैन, अफवाह फैलाउनेलाई कारबाही हुन्छ’

काठमाडौँ । नेपाल प्रहरीले नेपालमा बच्चा चोरी भइरहेको कुरा भ्रामक रहेको जनाएको छ । एक सूचना जारी गर्दै नेपालमा पछिल्लो समय बच्चाहरूको चोरी भइरहेको भन्ने हल्ला भ्रामक रहेको जनाएको हो । पछिल्लो समय विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा भारतबाट आएकाहरूले नेपालमा बच्चा चोरी गरिरहेको भन्दै भ्रम फैलाएपछि प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटीले एक सूचना जारी गर्दै त्यस्ता भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ । त्यस्ता घटनाबारे अहिलेसम्म उजुरी प्राप्त नभएको …

पुरा पढ्नुहॊस »

हर्कले पूरा गरे चुनावी वाचा, पुग्यो धरानमा पानी

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचनमा जनतामाझ आफूले गरेको वाचा पूरा गरेका छन् । उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए । त्यो वाचा धरान बजारमान खानेपानी पुर्‍याएर पूरा गरेका हुन् । धरानमा लामो समयदेखि अभाव हुँदै आएको खानेपानी उनले आपूर्ति गराए । सोमबार धरानको बजारमा खानेपानी ल्याएपछि उनले खुसी व्यक्त गरेका छन् भने स्थानीयहरू पनि निकै हर्षित भएका छन् । सर्दु, …

पुरा पढ्नुहॊस »

कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान ?

काठमाडौँ । देशका विभिन्न स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेको छ । अहिले देशभर सामान्य बदली रही प्रदेश १, सुदुरपश्चिम, गण्डकी प्रदेश का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम …

पुरा पढ्नुहॊस »

नेपाल र चीनबीच अन्तरसंसदीय सहयोगसम्बन्धी सम्झौता

काठमाडौं । नेपालको सङ्घीय संसद्को प्रतिनिधिसभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस (नेशनल पिपुल्स कंग्रेस) का बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सभामुख अग्निप्रसाद सापकोटा र नेपालको औपचारिक भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुबीच द्विपक्षीय वार्तामा भएको सहमतिको आधारमा आज छ बुंदे सम्झौतापत्रमा हस्ताक्षर भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । सम्झौतापत्रअनुसार दुवै पक्ष आपसी विश्वास सुदृढ र विकास गर्न, …

पुरा पढ्नुहॊस »

साल्ट ट्रेडिङले दसैँअगावै तोरीको तेल उत्पादन गर्ने

काठमाडाैँ । दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादन गर्ने भएको छ । दसैँअघिदेखि हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ । तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत वढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोगगर्न पाउने कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेशकुमार झाले बताए । कर्पोरेशनले अहिले आयोडिनयुक्त नून, एसटिसी ब्राण्डको खाना पकाउने …

पुरा पढ्नुहॊस »

थप १ सय ७९ मा कोरोना संक्रमण, १ जनाकाे मृत्यु

काठमाडौँ । नेपालमा थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ६ सय पिसिआर परीक्षणका क्रममा १ सय २७ जना र २ हजार ३ सय ५९ एन्टीजेन परीक्षणका क्रममा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ७१ जना निको भएका छन् । हाल नेपालमा २ हजार …

पुरा पढ्नुहॊस »

चोलेन्द्रको बयान प्रतिशोध साँध्ने र झुटाे : अधिवक्ता अर्याल

काठमाडौं  । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिशोध साँध्ने र झुटाे बयान दिएको अधिवक्ता ओमप्रकाश अर्यालले दाबी गरेका छन् । आफूविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावका सम्बन्धमा जबराले संसदीय महाअभियोग सिफारिस समितिसमक्ष बयान दिइरहेका छन् । शीर्ष नेता, सर्वाेच्च अदालतका न्यायाधीश, अधिवक्ता, सञ्चार उद्यमी, पत्रकारलगायतको चरित्रमाथि प्रश्न उठाएर जबराले बयान दिइरहेका छन् । आइतबार बयान दिने क्रममा जबराले अधिवक्ता अर्यालको चरित्रमाथि प्रश्न उब्जाउने गरी बयान दिएपछि सोमबार अर्यालले जबराले प्रतिशोध साँध्न र झुटाे बोलेको प्रतिक्रिया …

पुरा पढ्नुहॊस »

के छन् डा. गोविन्द केसीका माग ?

काठमाडौं । डा. गोविन्द केसीले आजबाट विभिन्न मागसहित अर्को अनशन सुरू गर्ने भएका छन् । आमरण अनशन बस्नका लागि उनी धनगढीतिर हिँडेका हुन् । डा. केसीले ६ बुँदे माग अघि सार्दै सरकारलाई आजैसम्मको अल्टिमेटम दिएका थिए । सरकारले माग पूरा नगरेको भन्दै उनले २० औं अनशन सुरू गर्न लागेका हुन् । उनी आज बेलुकी ५ बजेबाट धनगढीमा अनशन बस्नेछन् । स्थान भने खुलाइएको छैन । डा. केसीले राखेका मागहरु : …

पुरा पढ्नुहॊस »