सुनको भाउले राख्यो फेरि नयाँ रेकर्ड, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ इतिहास रचेको छ । बिहीबार प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३९ हजार ३ सय पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

आज तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजाबी सुन पनि तोलामा ७ सयले बढेर प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ ५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस