युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल

काठमाडौँ । नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल २०२५ मा हुने टी-२० एशिया कपमा छनौट हुन असफल भएको हो ।

सेमिफाइनलमा युएईले नेपाललाई ६ विकेटले पराजित गरेको हो । नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले १७.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले २० ओभरमा ९ विकेट गुमाउदै ११९ रन बनाएको थियो ।

यो जितपछि युएई प्रिमियर कपको फाइनलमा पुगेको छ । नेपालले भने अब तेस्रो स्थानको लागि खेल्ने छ । आजै हुने दोस्रो सेमिफाइनलमा पराजित हुने देशसँग नेपालले तेस्रो स्थानको लागि शनिबार खेल्ने छ । यस प्रिमियर कपमा पहिलो दोस्रो र तेस्रो हुने देशले इमर्जिङ टिम्स एशिया कप खेल्न पाउने छन् ।

अब प्रिमियर कपको दोस्रो सेमिफाइनल आजै आयोजक ओमान र हङकङबीच हुने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कहाँ-कहाँ छ वर्षाको सम्भावना ? (तीन दिनको पूर्वानुमान)

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् …

प्रतिकृया दिनुहॊस