सरकारले तोकेका कथित निषेधित क्षेत्रहरू स्वीकार्य छैन, तोडेर प्रदर्शन गर्छौं : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पर्सि मंगलबार हुने आफ्नो प्रदर्शन शान्तिपूर्ण हुने बताएको छ । तर सरकारले निषेधित क्षेत्र घोषणा गरेर अवरोध गर्न खोजे प्रतिवाद गर्ने उसको चेतावनी छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै यही चैत्र २७ गते पार्टीले काठमाडौंमा विरोध प्रदर्शन गर्ने बताए । चैत २७ गते बिहान ११ बजे भृकुटीमण्डबाट प्रदर्शन सुरू गरिनेछ ।

उनले आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् । सरकारले जुलुसलाई अवरोध गर्ने काम नगरोस्,’ उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीलाई के भन्न चाहन्छु भने निषेधित क्षेत्र घोषणा गरेका छन् । भिक्षुमाथि लात्ती हान्ने काम भएको छ, म निन्दा गर्दछु ।’

उनले निषेधित क्षेत्रका नाममा प्रदर्शन गर्न सरकारले रोके तोडेर अघि बढ्ने बताए । उनले संविधानले दिएको प्रजातान्त्रिक क्रियाकलाप अन्तर्गत विरोध गर्न पाउने अधिकारलाई सरकारले कुण्ठित पार्दै लगेकोमा पनि चिन्ता व्यक्त गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रि-मनसुनकै प्रभाव, काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गए रातिदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ …

प्रतिकृया दिनुहॊस