Tag Archives: mainnews

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना क्याप्टेन मल्लसहित पाँच जनाको मृत्यु (अपडेट)

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट रसुवातर्फ उडेको एयर डाइनेस्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितका अनुसार अनुसार ४ जना विदेशीलाई स्याफ्रुबेंसी छाडेर फेरि त्यहाँबाट विदेशी नै लिएर काठमाडौं आउने गरी तालिका थियो , हेलिकप्टर काठमाडौंबाट १ बजेर …

पुरा पढ्नुहॊस »

टीआरसी विधेयकमा भएको सहमतिमा के छ ? (पूर्णपाठ)

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले शिर्ष नेतालाई प्रतिवेदन बुझाएको छ । गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव जनार्दन शर्मा र एमाले मुख्य सचेतक महेश बर्तौला रहेको कार्यदलले गत विहिबार नै संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रहेका विवादमा सहमति जुटाएको थियो । कार्यदलले बुधबार प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिवेदन बुझाएको हो । …

पुरा पढ्नुहॊस »

म्याद गुज्रिएको औषधि बेच्न नै पाइँदैन : महानिर्देशक ढकाल (अन्तर्वार्ता)

म्याद गुज्रिएका औषधि भेटिएकै आधारमा फार्मेसी नै सिल गर्ने भन्ने हुँदैन । तर कहिलेकाहीँ अत्यधिक मात्रामा म्याद गुज्रिएका औषधि राखेको पाइएमा बिक्री वितरण गर्नै नपाउने पनि गराउन सकिन्छ । पसलमा भेटिएमा सचेत गराउँछौ तर बेचेको प्रमाणित भएमा त्यो गम्भीर अवस्था हो ।

पुरा पढ्नुहॊस »

रुपन्देही प्रशासन देशभरमै सर्वोत्कृष्ट, यी हुन् उत्कृष्ट १० जिल्ला प्रशासन कार्यालय

काडमाडाैं । जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट बनेको छ । गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबिच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा रुपन्देही प्रथम भएको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ९८ अंक हासिल गरेको छ । रुपन्देही प्रशासनको प्रमुख जिल्ला अधिकारी गणेश अर्याल रहेका छन् । यस्तै ९७.७५ अंक ल्याएर पाल्पा जिल्ला प्रशासन दोस्रो भएको छ भने ९७.६२५ अंक ल्यएर बागलुङ तेस्रो भएकाे छ …

पुरा पढ्नुहॊस »

बडिगाड पहिरोमा तीन घाइतेलाई हेलिकप्टरमार्फत् काठमाडौं पुर्‍याइयो

काठमाडौं । बागलुङको बडिगाडमा गएर पहिरोमा परी गम्भीर घाइउते भएका तीन जनालाई काठमाडौं ल्याइएको छ । गाउँपालिका-१० आरुपाटामा मंगलबार खसेको पहिरोले घरगोठ बगाउँदा गम्भीर घाइते बनेका ३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको हो । प्रतिकुल मौसमका कारण मंगलबारै घाइतेलाई उपचारका लागि लैजान सक्ने अवस्था नभएपछि बिहान सेनाको हेलिकप्टरमार्फत गम्भीर घाइते ३ जनालाई शिक्षण अस्पताल पुर्‍याइएको छ । बडीगाड-१० आरुपाटामा सुरक्षित ठानेर आश्रय लिएकै घरमा पहिरो खस्दा ६ जनाको …

पुरा पढ्नुहॊस »

बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त

काठमाडौं । नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ । राष्ट्रपति मोहम्मद शाहबुद्दीनले नोबेल पुरस्कार विजेता डा. युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेका हुन् । राष्ट्रपति शाहबुद्दीन, मुलुकको तीन वटै निकायका सेना प्रमुख र विभेद विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीच बंगभवनमा भएको वार्तापछि उक्त निर्णय लिइएको हो । विभेद विरोधी विद्यार्थी आन्दोलनका संयोजकले पनि डा. युनुसलाई प्रमुखमा नियुक्त गरिएकोमा स्वागत गरेका छन् । यसअघि …

पुरा पढ्नुहॊस »

काभा महिला भलिबलको उपाधिका लागि भारतसँग भिड्दै नेपाल

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा आज नेपालले भारतको सामना गर्दैछ । नेपाल र भारतबीको फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा साँझ ५ बजेबाट सुरु हुनेछ । मंगलबार भएको दोस्रो सेमिफाइनल भिडन्तमा नेपालले इरानलाई ३-० को सोझो सेटमा हराएको हो भने भारत पनि श्रीलंकालाई सोझो सेटमा हराउँदै फाइनलमा‌ प्रवेश गरेको थियो ।

पुरा पढ्नुहॊस »

आज पनि भारीदेखि अति भारी वर्षा, कहाँ-कहाँ छ जोमिख ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशभर साधारणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

नेपाल काभा महिला भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

काठमाडौँ । नेपाल काठमाडौँमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ । नेपालले सेमिफाइनलमा इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । अब नेपालले फाइनलमा भारतको सामना गर्ने छ । भारतले आजै सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो । अब फाइनल खेल बुधबार साँझ ५ बजेदेखि हुने छ ।

पुरा पढ्नुहॊस »