सुनको भाउ हालसम्मकै महँगो, तोलाको १ लाख ३६ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यले नयाँ इतिहास रचेको छ । आइतबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन तोलामा ६ सयले बढेर प्रतितोला १ लाख ३६ हजार २ सय पुगेको छ । यो हालसम्मकै उच्च हो ।

आज तेजाबी सुन पनि तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस