Tag Archives: mainnews

प्रशारण लाइन साढे ६ हजार सर्किट किलोमिटर पुग्यो, ग्रिड सबस्टेशन क्षमता १३ हजार एमभीए

काठमाडौं । विद्युत आयोजनाबाट उत्पादित बिजुली एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रशारण लाइन सञ्जाल साढे ६ हजार सर्किट किलोमिटर पुगेको छ । जलविद्युत्, सौर्यलगायतका ऊर्जाका विभिन्न स्रोतहरूबाट उत्पादित बिजुलीलाई निश्चित ठाउँसम्म पुर्‍याएर उपभोक्तालाई आपूर्ति गर्न विभिन्न भोल्टेज क्षमताका प्रशारण लाइन आवश्यक पर्छ । गएको आर्थिक वर्ष (आव) २०८०÷८१ सम्ममा ४००, २२०, १३२ र ६६ केभी प्रशारण लाइनको लम्बाइ ६,५०७ सर्किट किलोमिटर पुगेको नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा …

पुरा पढ्नुहॊस »

कुलमान घिसिङविरुद्ध रमेश खरेलले दिए अख्तियारमा भ्रष्टाचारको उजुरी

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । खरेलले प्राधिकरणमा बसेर कुलमानले भ्रष्टाचार गरेको भन्दै उजुरी दिएका हुन् । ‘एन्टिकरप्सन नेटवर्क’ को तर्फबाट सम्पूर्ण प्रमाणसहित उजुरी दिएको खरेलले बताएका छन् । उनले आफ्नो उजुरीमा राज्यलाई करोडौँ रुपैयाँ घाटा हुने गरी पीपीए गरेको उल्लेख गरेका छन् । ऊर्जा उत्पादक कम्पनीसँग विद्युत खरिदका लागि पीपीए गर्दा उक्त …

पुरा पढ्नुहॊस »

सुनको मूल्य तोलाकै डेढ लाख नाघ्यो, बनायो नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । सुनको मूल्य आज १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि सुनको मूल्य १ लाख ५० हजार रुपैयाँ सम्म कायम भएको थियो । सोमबार तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य एकै दिन २१ सय रुपैयाँ बढेर …

पुरा पढ्नुहॊस »

पूर्व-पश्चिम राजमार्गको दाउन्नेमा सडक भासियो, दिउँसोसम्म सवारी चलाउन रोक

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भाँसिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । अघिल्लो वर्ष सडक छेउको घर भाँसिएको स्थानमा थप पहिरो जाँदा सडक भाँसिएको हो । नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । भासिएको स्थानमा मर्मतका लागि दिउँसो १ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने …

पुरा पढ्नुहॊस »

धादिङबाट सम्पर्कविहीन भएका तीन किशोरी पाँच दिनपछि बाग्लुङमा भेटिए

काठमाडौं । धादिङको धादिङबेसीबाट सम्पर्कविहीन भएका तीनजना बालिका बाग्लुङमा भेटिएका छन् । नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका कक्षा ९ मा पढ्दै गरेका रोशनी विक, सुशीला तामाङ र अस्मिता गुरुङ बाग्लुङमा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रको अनुसार गत बुधबारदेखि सम्पर्कविहीन भएका उनीहरु सोमबार भेटिएका छन् । धादिङको सदरमुकाम धादिङबेशीस्थित निलकण्ठ माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विक बुधबार बिहान विद्यालय जान्छु भनी …

पुरा पढ्नुहॊस »

बिहीबारसम्मै देशभर ठूलो वर्षा, कहाँ-कहाँ छ जोखिम ? (तीन दिनको पूर्वानुमान)

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ । अहिले देशभर साधारणतया बदली छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखमय नै हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

नेप्सेमा लगातार नयाँ रेकर्ड, २७ अर्ब नाघ्यो कारोबार

काठमाडौं । सेयर बजारले काराेबार रकममा लगातार दोस्रो दिन पनि नयाँ रेकर्ड कायम गरेकाे छ । साताको दोस्रो कारोबार दिन सोमबार २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जुन हालसम्मकै उच्च कारोबार हो ।

पुरा पढ्नुहॊस »

भारतीय विदेश सचिवलाई परराष्ट्रमन्त्रीको आग्रह- थप हवाई रूट उपलब्ध गराइयोस्

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीसँग हवाई रूटबारे छलफल गरेकी छन् । भेटका क्रममा मन्त्री राणाले नेपाल-भारत ‘एअर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिस्रीसँग कुरा गरेकी छन् । मन्त्री राणाले नेपाल र भारतका सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुराकानी गरेकी थिइन् । भेटका क्रममा …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री ओलीले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । नेपाल भ्रमण रहेका भारतीय विदेशसचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन् । मिस्रिले आइतबार साँझ प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए ।

पुरा पढ्नुहॊस »