नेप्सेमा लगातार नयाँ रेकर्ड, २७ अर्ब नाघ्यो कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से सूचक ७०.८१ अंकले बढेर २ हजार ९३१.६५ विन्दुमा पुगेको छ । २ हजार ८०० को मनोवैज्ञानिक विन्दुलाई छेडेर नेप्से सूचकले २ हजार ९ सयको प्रतिरोध परीक्षण गरिरहेको छ ।

यो दिन बजार बढेसँगै कारोबार रकममा अघिल्लो कारोबार दिन आइतबारको २५ अर्ब ३३ करोड रुपैयाँको रेकर्डलाई ‘ब्रेक’ गर्दै २७ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको छ। यो नेपालको धितोपत्र बजारकै पहिलो नयाँ रेकर्ड हो । योसहित साउन महिनामा मात्र कारोबार रकमले ४ पटक रेकर्ड ब्रेक गरेको छ ।

यसअघिको पहिलो रेकर्ड २१ अर्ब ६४ करोडलाई २३ अर्ब करोड ९१ करोडले ब्रेक गरेको थियो भने २३ अर्ब ९१ करोडलाई २५अर्ब ३३ करोडले ब्रेक गरेको थियो । यो रेकर्डलाई पनि ब्रेक गर्दै नयाँ रेकर्ड बनेको हो ।

यो दिन राम्रा र बलिया कम्पनी मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.५६ अंकले बढेर ५१२.७४ अंकमा पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचक ९.९९ अङ्कले घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको …

प्रतिकृया दिनुहॊस