Tag Archives: mainnews

एक हजार जना युवालाई ‘स्टार्टअप’ व्यवसाय गर्न सहुलियत कर्जा दिइने

काठमाडौं । सरकारले आउँदाे आर्थिक वर्ष एक हजार जना युवालाई ‘स्टार्टअप’ व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ । सरकारको आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आउँदाे आर्थिक वर्ष कम्तीमा एक हजार जना युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गरिने बताएका हुन् । उनले नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरिने पनि जानकारी गराए । तीनै तहका सरकारका साथै निजी क्षेत्रको सहकार्यमा …

पुरा पढ्नुहॊस »

आउँदाे आर्थिक वर्षलाई ‘कृषिमा लगानी दशक’ घाेषणा

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आउँदाे आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारीको लगानी वृद्धि गरिने उल्लेख छ । राष्ट्रपतिले प्रमुख खाद्यान्न तथा तरकारीमा आत्मनिर्भर हुने गरी कृषि क्षेत्रका कार्यक्रमहरूको पुनर्संरचना …

पुरा पढ्नुहॊस »

एकैपटक ६० जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा गरेको छ । वैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले ठुलो सङ्ख्यामा सहसचिव सरुवा गरेको हो । उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीलाई गृह मन्त्रालय सरुवा गरिएको छ, मधेसी आयोगका सहसचिव वसन्त अधिकारीलाई पनि गृह मन्त्रालय सरुवा गरिएको छ । को कहाँ पुगे ? सूची  

पुरा पढ्नुहॊस »

जीबी राईको राहदानी रद्द गर्न विभागलाई पत्राचार

काठमाडौं । सुर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गर्दै राहदानी रद्द गर्न अनुरोध गरेको हो । उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट डिफ्युजन र रेड नोटिश जारी भइसकेको छ । तर त्यसपछि पनि उनलाई ल्याउन नसकेपछि प्रहरीले राहदानी नै रद्द गर्न पत्राचार गरेको हो । राहदानी रद्द भइसकेपछि उनी एक देशबाट अर्को देश जान पाउँदैनन् …

पुरा पढ्नुहॊस »

नीति तथा कार्यक्रम र १६ औं पञ्चवर्षीय योजना मन्त्रिपरिषदबाट पारित

काठमाडौं । मन्त्रिपरिषदको बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । ‘नीति तथा कार्यक्रमबारे मन्त्रिपरिषद बैठकमा छलफल भयो, बैठकबाट नीति तथा कार्यक्रम पारित भएको छ,’ उनले भनिन् । उनकाअनुसार १६ औं पञ्चवर्षीय योजना पनि मन्त्रिपरिषदबाट पारित भएको छ । संघीय संसदको मंगलबार अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति …

पुरा पढ्नुहॊस »

कांग्रेसको रणनीति : राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न दिने, त्यसपछि अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्न दिने भएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने रणनीति तय गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम पढिसकेपछि भने त्यसमाथिको छलफल गर्न नदिने कांग्रेसको रणनीति छ । जारी कांग्रेस संसदीय दलको बैठकले यसबारे औपचारिक निर्णय गर्ने छ । सहकारीको बचत हिनामिना …

पुरा पढ्नुहॊस »

घर पुगिनन् भारतबाट उपचार गरी फर्केकी १८ वर्षीया अञ्जली, एम्बुलेन्स दुर्घटना हुँदा बाटोमै ज्यान गयो

काठमाडौं । कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो । तीव्र गतिमा रहेको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा भारतको हल्द्वानीबाट उपचार गरि फर्किरहेकी बर्दियाको राजापुर नगरपालिका–९ की १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार गम्भीर घाइते भएकी …

पुरा पढ्नुहॊस »

कांग्रेसले भन्यो- संसदीय दलको बैठकपछि ‘खास’ कुरा भन्छौं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेतालाई बालुवाटार बोलाएका छन् । संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूलाई बालुवाटार बोलाएका हुन् । जारी छलफलमामहामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरु सहभागी छन् । आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्ड छन् ।  प्रधानमन्त्रीसँगको छलफलपछि कांग्रेस संसदीय दलको बैठक आज बिहान बस्दैछ । कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान …

पुरा पढ्नुहॊस »

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौं । आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम आज पेस हुँदैछ । नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस गर्ने कार्यसूची छ । सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले वाचन गर्ने परम्परा छ । यसका लागि मंगलबार दिउँसो ३ बजेका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ । संघीय संसद् सचिवालयले २ः४५ भित्र औपचारिक पोशाकमा संसद् हलमा प्रवेश गरिसक्न सांसदहरूलाई सूचना जारी गर्दै आग्रह गरिसकेको छ …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ, तर आफन्तको साथ र सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »