Tag Archives: mainnews

उपत्यकाका जिल्लामा हरेक बैंकको एउटा शाखा मात्र खुल्ने

काठमाडौं । निषेधाज्ञाको अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्लामा एउटा बैंकको एक शाखा मात्र खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञाको पालना गर्नकै लागि बैंकर्स संघले आजदेखि एक जिल्लामा हरेक बैंकको एउटा शाखा मात्र खोल्ने निर्णय गरेको हो । बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार उपत्यकाका तीन जिल्लामा दैनिक हरेक बैंकका एकएक शाखा मात्र खुल्ने भएका हुन् । बैंकहरूले आलोपालोका आधारमा कुन शाखा खोल्ने भन्ने निर्णय गर्ने उनले बताए …

पुरा पढ्नुहॊस »

भरतपुर अस्पतालमा थप एक संक्रमितको मृत्यु, २६ संक्रमित थपिए

चितवन । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहिबार मृत्यु भएको हो । मृतक पुरुष दीर्घरोगी रहेको र उनलाई क्षयरोग, खुट्टा नचल्ने, मृर्गौलामा समस्या रहेको अस्पतालका कोभिड–१९ क्लिनिकल संयोजक डा. प्रमोद पौडेलले जानकारी दिए । …

पुरा पढ्नुहॊस »

थप ७०७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९ हजार ६ सय ४५ जना पुग्यो

काठमाडौं । आज  विहीबार थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज विहीबार थप ७०७  जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २९ हजार ६ सय ४५ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ सय २६ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १७ हजार ९ सय    ६४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

चितवनमा कोरोनाबाट ६५ वर्षका  पुरुषको मृत्यु

चितवन ।  कोरोना भाइरस संक्रमणबाट चितवनमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रतन्नगर नगर पालिका वडा नम्वर -१३ का ६५ वर्षका  पुरुष छन् । विगत  छ दिनदेखि भरतपुर अस्पतालमा उपचार गराइ रहेका उनको आज मृत्यु भएको  हो । उनी लामो समय देखि  दीर्घरोग  बाट पिडित रहेको थिए  ।

पुरा पढ्नुहॊस »

काठमाडौँ उपत्यकामा निषेधाज्ञा: के गर्न हुन्छ, के हुदैन ?

काठमाडौं । उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको थियो । सोही निर्णय अनुसार रातिदेखि नै आदेश कार्यान्वयनमा आइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त आदेश भदौ १० गते राति १२ बजेसम्म कायम हुने छ । यो समयमा …

पुरा पढ्नुहॊस »

कोरोना महामारी : विश्वभर संक्रमितको संख्या २ करोड २२ लाख नाघ्यो

१ करोड ४२ लाख ५० हजार २ सयभन्दा बडी निको भए, ७ लाख ८४ हजारको मृत्यु काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड २२ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिलो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड २२ लाख ६२ हजार ९ सय ४६ पुगेको हो । हालसम्म ७ लाख ८४ हजार १ सय ७ जनाको मृत्यु भइसकेको छ भने १ करोड ४२ लाख ५० हजार २ सय २ …

पुरा पढ्नुहॊस »

आजको मौसम : कहाँ-कहाँ छ वर्षा र बाढीको जोखिम ?

काठमाडौं । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भू भागका केही स्थानहरुमा वर्षा भइरहेको छ । मनसुनी न्युनचापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेकाले वर्षा भइरहेको हो । साथै भारतको मध्य प्रदेशमा बनेको न्युनचापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ । आज दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यस्तो छ तीन दिनको …

पुरा पढ्नुहॊस »

थप ६८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २८ हजार ९ सय नाघ्यो

काठमाडौं । आज बुधबार थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज बुधबार थप  जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २८ हजार ९ सय ३८ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ सय  २०जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १७ हजार ७ सय जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा आज बुधबार थप २३ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका ६ जिल्लामा २३ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार कास्कीमा ४ जना,नवलपरासी बर्दाघाट सुस्ता पुर्वमा १३ जना , तनहुँमा ३ जना,बाग्लुङमा १ जना, धादिङमा १ जना गोरखामा १ जना  गरी जम्मा २३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो

पुरा पढ्नुहॊस »

पाटन अस्पतालमा थप एक जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिला छिन् । उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनी गत साउन २१ गतेदेखि पाटन अस्पताल भर्ना भएकी थिइन ।

पुरा पढ्नुहॊस »